जेष्ठ ३०, २०७३- नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी स्थानीय र प्रादेशिक चुनावमा आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गरेका छन् ।
दशरथ रंगशालामा आइतबार पार्टी घोषणासभालाई सम्बोधन गर्दै भट्टराईले आफूहरु कुनै पनि राजनीतिक दलको भाग खोज्न नआएको बताए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो ठट्यौली शैलीमा एमालेबाहेकलाई धक्का दिन सक्दैन भन्नुभयो,’ भट्टराईले भने, ‘हामी आफ्ना एजेन्डा प्रस्तुत गर्छौं, कसैविरुद्ध लाग्दैनौं ।’
भट्टराईले आफ्नो जीवनकालमा व्यक्तिगत घर नबनाउने तर जनताको घर नक्सा बनाइदिने बताए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...