-->
फ्री भीसा फ्री टिकट कार्यान्वयन गर्न निर्देशन
Advertisement

एकभन्दा बढि करार सम्झौता गर्ने व्यवसायीलाई कारवाही गरिने
अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले फ्री भिसा फ्री टिकटको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । बै
देशिक रोजगारीमा जानेहरुको सुरक्षामा विशेष ध्यान दिनपनि समितिले निर्देशन दिएको छ ।
व्यवस्थापिका संसद् अन्र्तगतको समितिकोे बैठकले श्रम तथा रोजगारमन्त्री दिपक बोहोरा, वैदेशिक राजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार व्यवसायी लगायतलाई बोलाएर छलफल गरी फ्री भिसा फ्री टिकटको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
समितिले वैदेशिक रोजगारमा जाने कामदारसँग एक भन्दा बढी करार सम्झौता गर्ने म्यानपावर व्यवसायीमाथि कारवाही गर्न पनि निर्देशन दिएको छ ।
बैठकमा श्रम तथा रोजगारमन्त्री दिपक बोहोराले अघिल्लो सरकारले जुन परिस्थितिमा निर्णय गरेको भएपनि आफू फ्री भिसा फ्री टिकटको निर्णय फिर्ता लिने पक्षमा नरहेको बताउँनुभएको थियो ।
समितिले कामदार छनोटका लागि सबै विवरण उल्लेख गरेर विज्ञापन सार्वजनिक गर्ने, म्यानपावर कम्पनीहरुले विभागका कर्मचारीको रोहबरमा कामदार छान्ने तथा छानिएका कामदारको सूची विभागबाट स्वीकृत गर्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।
म्यानपावर कम्पनीहरुले कामदार पठाएवापत पाउने कमिशन तथा कामदारले पठाउने पैशा बैंकिङ प्रणालीमार्फत भित्राउनका लागि आवश्यक नीतिगत र संरचनागत व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
सरकारले गत वर्षको असार २१ गतेबाट फ्री भिसा फ्री टिकटको निर्णय कार्यान्वयन सुरु गरेपनि व्यवसायीहरुले सरकारी निर्णयलाई चुनौति दिंदै तलब अनुसार २ लाख रुपैयाँसम्म शुल्क उठाउँदै आएका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.