-->
नेपाली कामदारको कतारको ‘बेड’मा यसरी भयो बिचल्ली
Advertisement

काठमाडौं, ८ जेठ । बाग्लुङ हरिचौरकी लिजन परियार सात वर्षकी भइन । तर उनले आफ्नो बाबुलाई अहिलेसम्म देखेकी छैनिन । देखुन पनि कसरी ? तीन महिनाको गर्भमा रहँदा उनका बाबु वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए । घर फर्किने दिन गनिरहेका बेला १६ मंसिर २०६८ मा उनलाई गाडीले ठक्कर दियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
त्यसपछि कोमामा पुगेका गिरीबहादुर अहिलेसम्म हमाद अस्पतालको बेडमा छन् । अस्पतालले गिरीलाई नेपाल फर्काउने प्रयत्न त गरिरहेको छ । तर गिरीको उपचारमा लाग्ने शुल्क बेहोर्न सक्ने परिवारको आर्थिक हैसियत छैन । गिरीजस्तै झण्डै डेढ दर्जन कामदार हमाद अस्पतालको कोमा र दिर्घकालिन उपचार कक्षमा उपचाररत छन् ।
मंसिरको पहिलो साता परराष्ट्र मन्त्रालयका सहसचिव रमेश खनालको संयोजकत्वमा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधीको संग्लनतामा सात सदस्यिय कार्यदल बनेको थियो । उक्त कार्यदलले २१ मंसिरमा परराष्ट्र मन्त्रालयलाई प्रतिवेदन पनि बुझाएको थियो । प्रतिवेदन बुझाएको महिनौं भईसक्दा पनि विदेशका अस्पतालमा कोमामा रहेका कामदारनेपाल ल्याउने काममा न कुनै प्रगती भएका छ न ठोस काम ।
कार्यदलका सदस्य एवं स्वास्थ्य मन्त्रालयका उपसचिव रामकृष्ण अधिकारी स्थायी रिह्याव सेन्टर खोल्नुपर्ने विषयमा मन्त्रालयमा छलफल भएपनि कुनै ठोस प्रगती नभएको बताउछन् । भन्छन, ‘कोमामा वा दिर्घकालिन उपचारको खाचो रहेको कामदारलाई लामो समयसम्म कसरी र कहां राखेर उपचार गर्ने भन्नेमा कार्यविधी नबनेसम्म केही भन्न सकिने अवस्था छैन ।’
उक्त कार्यदलले कतारको अस्पतालमा १६ नेपाली कामदार अचेत अवस्थामा रहेको पुष्टी गरेको छ । तीमध्ये १० कामदारलाई तत्काल नेपाल पठाउन हमाद अस्पतालले कतारस्थित नेपाली दुतावासमा निरन्तर ताकेता गरिरहेको छ । हमाद प्रशासनले अहिले नियमीत जसो दूताबासका अधिकारीलाई बोलाएर बिरामी लैजाने बिषयमा अपडेट मागिरहेको हुन्छ । आफूहरुले लामो समयदेखि उपचार गरेर राख्दा पनि नेपाल पक्षबाट सहयोग नमिलेको भन्दै हमादले दूताबासप्रति गुनासो गरिरहेको छ ।
‘बर्षौदेखि उपचाररत कोमाका रहेको बिरामीप्रति दुताबासले बेवास्ता गर्यो’, अस्पतालको सिधा भनाई थियो, ‘आफ्ना नागरीकको रेखदेख गर्नु दुताबासको दायित्व हो । यसमा नेपाली दुताबासले सामान्य ब्यबहार पनि गरेन् ।’ ईमेल सम्र्पकमा आएका हमाद अस्पतालका एक डाक्टर नाम उल्लेख नर्गने सर्तमा नेपाली दुतावासको व्यवहारबाट अस्पताल आजित भएको बताउंछन । भन्छन, ‘वर्षौदेखी कोमामा रहेको आफ्ना नागरिकप्रति नेपाल सरकारको कुनै चासो नदेख्दा हामी छक्क परेका छौं ।’
२ पुस २०६३ देखि कोमामा रहेको बाराका खुबलाल ठाकुर, ६ भदौ २०६८ देखी कोमामा रहेको गोरखाका कालु गुरुङ, १० असार २०६९ देखी कोमामा रहेका दण्डकाली ८ सुर्खेतका हरिबहादुर बस्नेत र ३ असोज २०७१ देखी कोमामा रहेका कटैया १३ बाराका बुनिलाल कुर्मीलाई नेपाल फर्काउन अस्पतालले दुतावासमाथी दवाव बढाईरहेको छ । यि चारले क्षतिपुर्ति पाउने स्थिति नरहेको र परिवारले पनि बिरामी बुझ्न स्वीकार नगरेकोले दुताबासलाई अप्ठ्यारो परिरहेको छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.