के तपाइँले यस्तो अद्भुत क्षमता भएकी एक महिलाको बारेमा सुन्नुभएको छ, जसले सबैभन्दा पहिले भूकम्प आएको जानकारी पाउँछिन् । चाहे दुनियाको जुनसुकै कुनामा भूकम्पले किन नहल्लाओस्, सबैभन्दा पहिले उनले नै थाहा पाउँछिन् ।
स्पेनकी ३० वर्षीया मून रिबास नामकी महिलामा मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउने क्षमता छ ।
तर दुनियाको कुनाकाप्चा समेतमा भूकम्प आउने कुरा थाहा पाउने क्षमता उनको जन्मजात वा इश्वरीय क्षमता चाहीँ होइन । वास्तवमा उनको हातमा एउटा यस्तो चिप प्रत्यारोपण गरिएको छ, जसले विश्वभरको भूकम्पको मापन गरेर जानकारी दिनसक्छ । यसलाई सेस्मिक कम्प्युटर चिप भनिन्छ ।
दुनियाका जुनसुकै ठाउँमा भूकम्प जाँदा पनि उनको हातको उक्त चिपमा कम्पन हुन्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...