-->
सरकारसँग वार्ताका लागि राजेन्द्र महतोका यस्ता छन् सर्त
Advertisement

May 21, 2016 In News
काठमाडौं, ८ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले वार्ताका लागि गरेको आह्वान सकारात्मक र स्वागतयोग्य रहेपनि वार्ताका लागि आवश्यक पर्ने प्रारम्भीक पूर्व तयारी गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौंको नयाँबानेश्वरस्थित पार्टी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वार्ताका लागि मधेसी मोर्चा सधै तयार रहेको बताउनुभयो । ‘हामी वार्ताबाट कहिल्यै भागेका छैनौँं’, उहाँले भन्नुभयो, ‘वार्ताका लागि आवश्यक पर्ने पूर्वतयारी सरकारले पूरा गर्नुपर्छ ।’
सरकारले मधेस आन्दोलनका बेला मृत्यु भएकाहरूलाई शहिदको दर्जा दिनुपर्ने, घाइतेको उपचार गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, झठ्ठा मुद्दा फिर्ता, पक्राउ परेका आन्दोलनकारी विनासर्त रिहाइको माग रहेको उहाँले बताउनुभयो ।
सरकारले शुक्रबारको मन्त्रिपरिषदबाट आन्दोलनरत मधेसी मोर्चालाई पुनः वार्तामा आउन आह्वान गरेको थियो । जवाफमा मधेसी मोर्चाका नेता समेत रहनुभएका सद्भावना अध्यक्ष महताले वार्ताका लागि पूर्वसर्त पूरा गर्नुपर्ने बताउनुभएको हो ।
यसैबीच, संघीय गठबन्धनको नेतृत्वमा भइरहेको आन्दोलनका मागलाई पूरा गर्न पनि सरकारसँग अध्यक्ष महतोले माग गर्नुभएको छ ।
‘हामी अधिकारका लागि राजधानी केन्द्रित आन्दोलनमा छौँ’, उहाँले भन्नुुभयो, ‘हामीलाई खालीहात पठाइयो भने अब हुने आन्दोलन कठोर हुन सक्छ । हाम्रो नियन्त्रणबाट पनि बाहिर जान सक्छ ।’
dainiknepa


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.