काठमाडौं, १३ जेठ । विश्वका ४० वटा देशले दक्षिण एसियाली राष्ट्र भारतविरुद्ध नयाँ निर्णय गरेका छन् ।
दिल्लीमा रहेका ४० वटै देशका राजदूतावासले भारतमा आयोजना हुन लागेको सम्मेलन बहिष्कार गर्न आफ्नो देशको सरकारलाई सिफारिस गर्ने निर्णय गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ४० वटा अफ्रिकी देशले सुरक्षाको कारण देखाउँदै भारत सम्मेलन बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
भारत सरकारको आयोजनामा मे २६ मा दिल्लीमा अफ्रिका दिवस मनाउन लागिएको छ ।
यो सम्मेलनमा सहभागी सहभागी हुने कि नहुने विषयमा छलफल गर्न विहीबार दिल्लीमा ४० वटै देशका राजदूतहरुको आकस्मिक बैठक पनि बसेको थियो । बैठकले भारतमा अफ्रिकी विद्यार्थीहरुको सुरक्षा नरहेको भन्दै भारतमा हुन लागेको अफ्रिका सम्मेलन बहिष्कारको चेतावनी दिएको समाचारमा उल्लेख छ ।
केही समयअघि भारतमा लगातार तीन अफ्रिकन विद्यार्थीमाथि रंगभेदी सांघातिक आक्रमण भएको थियो भने एक अफ्रिकन छात्राको बलात्कार भएको थियो । उनीहरुलाई भारतले अहिलेसम्म कारवाही गरेको छैन् ।
भारतमा जातिवादी आक्रमण बढेकाले उनीहरुले आफ्ना विद्यार्थी भारत नपठाउने र सम्मेलनसमेत बहिस्कार गर्ने निर्णयमा पुगेपछि यसले विश्वमा भारत असुरक्षित रहेको भन्ने नकारात्मक संदेश जाने देखिएको छ ।
नेपाल, पाकिस्तान, चीन, बंगलादेश, माल्दिभ्स, श्रीलंका लगायतका छिमेकी देशसँग भारतको सम्बन्ध बिग्रिरहेका बेला एकैपटक ४० अफ्रिकी देशले यस्तो निर्णय गरेपछि भारतको मोदी सरकारमाथि संकट आइलागेको छ ।
यता भारतीय विदेश मन्त्रालयले विदेशी विद्यार्थीमाथि आक्रमण गर्नेहरुलाई कानूनी दायरा ल्याएर कारवाही गरिने प्रतिबद्धता जनाएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...