-->
धुर्मस–सुन्तलीले भूकम्प पीडितका लागी ४ करोड लागतको एकीकृत बस्ती बनाउदै
Advertisement

जेठ १३
हाँस्य कलाकार जोडी सिताराम कटटेल र कुन्जना घिमिरेले सिन्धुपाल्चोकमा भूकम्प पीडितको पुनर्वासका लागि ४ करोड रुपैयाँ लागतको एकीकृत नमुना बस्ती निर्माण शुरु गरेका छन् ।
सोही अभियानका लागि सिटि एक्सप्रेस मनि ट्रान्सर्फरले १५ लाख ५५ हजार ५ सय ५५ रुपैया सहयोग प्रदान गरेको छ ।
बिहीबार काठमाडौंमा सिटि एक्सप्रेस मनि ट्रान्सर्फरद्धारा आयोजित पत्रकार सम्मेलनमा धुर्मस–सुन्तली फाउण्डेसनलाई सो रकम हस्तान्तरण गरियो ।
एकिकृत बस्ती निर्माण गर्न लागेका कलाकार सिताराम कट्टेल धुर्मुसले आउँदो दशैंसम्मा ६५ जना परिवारलाई घर बुझाउने जानाकारी दिनुभयो ।
कट्टेलले यस अघि काँभ्रेको पाँचखालमा एकीकृत नयाँ वस्ती निर्माण गरि भूकम्प पीडितहरुलाई हस्तान्तरण गरिसकिएको छ ।न्यूज24 नेपालबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.