-->
नरेन्द्र मोदीले भारतमा ११ सय कानुन हटाएको खुलासा
Advertisement

नयाँदिल्ली, ८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई वर्षभन्दा पनि थोरै समयको यो कार्यकालका बेला १ हजार १ सय ५९ वटा कानुन हटाइदिएका छन् ।
राज्यसभामा मोदी सरकारको नयाँ कानुन बनाउने प्रस्ताव विपक्षहरूका कारण कयौँ पटक पास हुन सकेका छैनन् । तै पनि मोदीले आफ्नो कार्यकालमा यति धेरै पुराना कानुन हटाएर भारतमा चर्चा कमाएका छन् ।
अघिल्ला सरकारहरूले ६४ वर्षमा १ हजार ३ सय १ पुराना कानुन हटाउन सकेको थिए । तर, मोदीले हटाएका कानुन अंग्रेजको पालादेखिका पनि छन् । कुनै कानुन समय सापेक्ष नरहेकाले हटाएको जनाइएको छ ।
चालु बजट सत्रमा राज्यसभामा पुराना कानुन हटान २ वटा बिल पास गरिएको थियो ।
क्रिमिनल ल, कान्ट्रैक्ट ल, कंपनी ल, लेबर ल, प्रपर्टी ल जस्ता कानुनलाई हटाइ सकिएको छ । – एजेन्सी
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.