-->
सबै भन्नू ओलिज्यु तर अब ‘म प्रधानमन्त्री हुन्छु’ भनेर नभन्नु होला
Advertisement

जय नेपाल सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यु !
मेरो घरमा कालोबजारिको ग्याँस बाल्दिन भन्ने प्रणले ग्याँस नबलेको ८ महिना भो । कहिलेकाहिँ तराई झर्दा “तेल” नपाइएको गुनासो सुन्छु आजकल पनि । यो बिचमा ग्याँसको पाइपबाट घरमा काल्पनिक चुलो नबालेको र हावाबाट बिजुली नबालेको कहाँ हो र ? अझ पानी जहाज पनि नेपालको हुने कुराले मन गदगद भएछ नेपालिको ।
धन्न नेपाल मै ल्याउँछु चाहिँ भन्नू भएन । अब यत्ती नै काफी छ सम्माननिय ज्यु अब चन्द्रमाबाट प्लेटेनियम ल्याएर देशको आर्थिक अवस्था सुधार गर्छु चाहिँ नभन्नु होला । अब उप्रान्त हिजो तपाईले लगाएका गल्तिको प्रायश्चित गर्नुस र गर्न लगाउनुस । राजनैतिक कारणले बन्द भएका उद्योग कलकारखाना अनि ट्रली बस संचालन गर्नुस । तपाईँहरुकै कारण जिर्ण बनेका र स्थगित गरेका जलबिद्युर्त आयोजना शुरु गर्नुस ।
नत्र प्रधानमन्त्री उपचार कोषबाट डिप्रेसन र लहडिपनको उपचार गर्नुस किनभने नेपाल समृद्ध बन्न लगानी चाहिन्छ जसको लागि सभासद किनबेच देखि जस्ता त्रीपाल काण्डका मतियार तपाइहरुले नेपाललाइ अफगानिस्तान बनाउनेमा दुई मत छैन ।
नेपाली जनताको प्रधानमन्त्री भएको नाताले म नागरिकको हैसियतबाट “म प्रधानमन्त्री बन्छु” त कसै नभन्नुहोला ।
जय नेपाल ।
उही तपाइको शुभेच्छक
जनता मध्ये एक
दान बहादुर श्रेष्ठ , तनहुँ
(ScotNepal.Com बाट)


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.