जेठ ६
काठमाडौं–विभिन्न माओवादीहरुबीचको एकतापछि बनेको ‘नेकपा माओवादी केन्द्र’ का अध्यक्ष प्रचण्डले केहि महिनाभित्रै पार्टीमा चकात्कार गरेर देखाउने घोषणा छन् ।
राजधानीको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा आयोजित पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले भने, केहि महिनाभित्रै पार्टीमा चमत्कार गरेर देखाउँछौं, देशकै पहिलो पार्टी बनाउने दिशातर्फ आजैदेखि लाग्छौं ।’
उनले अब माओवादी पराजयको दिन सकिएको भन्दै जनताको विजयको दिन सुरु भएको बताए । ‘४ –५ वर्षमा माओवादी फुट्दा सहिद वेपत्ता परिवारको मन भाँचिएको थियो ’, उनले भने, ‘ अब माओवादीको पराजयको दिन सकियो । जनतको विजयको दिन सुरु भयो ।’
‘६९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ, सबैलाई गाउँगाउँमा परिचालन गरिनेछ’, प्रचण्डले थपे, ‘स्थानीय र प्रादेशिक निर्वाचनमा पहिलो शक्ति बन्नलाई कसैले रोक्न सक्दैन ।’
उनले अब माओवादी पराजयको दिन सकिएको भन्दै जनताको विजयको दिन सुरु भएको बताए । ‘४ –५ वर्षमा माओवादी फुट्दा सहिद वेपत्ता परिवारको मन भाँचिएको थियो ’, उनले भने, ‘ अब माओवादीको पराजयको दिन सकियो । जनतको विजयको दिन सुरु भयो ।’
उनले संविधान अपुरो र अधुरो रहेको भन्दै त्यसलाई पूरा गर्न सबै एकताबद्व हुनेको विकल्प नभएको बताए ।
‘संविधान अपुरो छ, मधेस जनजातीको आकंक्षा पूरा हुने नहुनोमा आशंका छ । जनअपेक्षा धरासही हुन्छ कि भन्ने बेलामा माअोवादी एकता भ्एको छ । हामी माओवादी अर्कै धातुले बनेका हौं, हामी अरु भन्दा फरक छौं’, प्रचण्डले भने ।
माओवादीहरु विभाजन हुँदा सहिद वेपत्ता परिवारको प्रश्नले निकै पीडा हुने गरेको बताउँदै प्रचण्डले भने , आज गर्वका भन्न सक्नु तपाईँहरुको आँसु पुछ्न एक भएर आएका छौं ।’
उनले १७ हजारको बलिदानले गणतन्त्र आएको भन्दै अगाडि भने, ‘जनयुद्वको नेतृत्व मैले गरे, शान्तिकालमा आयौं, ममात्रै यस्तो भाग्यमानी पात्र बने, सबै भोँगे, अहिले फेरि १० पार्टी एक भएको अभियानको अध्यक्ष भएको छु ।’
उनले अब परिवर्नतका आकांक्षीहरुको फाटेको मन टाल्न फेरि एक पटक प्रयत्न गर्ने भन्दै यसबाट राजतन्त्र फर्काउन खेलमा लागेका हरुको सपना चकनाचुर भएको समेत बताए ।
उनले महाधिवेशन आयोजक समितिको संयुक्त बैठकले नयाँ जनवादी क्रान्तिलाई पूर्णता दिएर समाजवादी क्रान्ति गर्ने नयाँ कार्यनीति पारित गरेको समेत जानकारी दिए ।
यस्तै एक वर्षभित्र एकता महाधिवेशन गर्ने, जनताको पूरा हुन बाँकी माग पूरा गराउन सबैतिर संघर्षर्नेलगायतका कार्यनीति पारित गरेको समेत बताए । उनले भने, ‘नयाँ पार्टीले पुरानो कार्यशैली अपनाउँदैन, जनताको दुखमा साथ दिनेछौं ।’ उनले मोहन वैद्य र बाबुराम भट्टराईलाई पनि एकता प्रक्रियामा सहभागि हुन आह्वान गरे ।- रातो पाटी


0 comments
प्रतिक्रिया दिनुहोस्...