
Advertisement
|
जेठ ०६
एजेन्सी / गत शनिबार रामेछापकी अन्जु सुनुवारले साइप्रसमा आत्म हत्या गरेको खबर आयो । जुन खबर नेपालका अनलाइनहरुमा पनि आए । रामेछाप जिल्लाको प्रिती गाउमा जन्मिएको २५ बषीय युवती अन्जु सुनुवार करिब २ बर्ष अघि घरेलु कामदारका रुपमा साइप्रसमा पुगेकी थिइन । उनी साइप्रसको लिमासोल भन्ने ठाउको एउटा घरमा घरेलु कामादारका रुपमा काम गर्दै आएकी थिइन ।
अन्जुले आत्महत्या गर्नुको कारण के हो ?
विदेश गएर पैसा कमाएर ल्याउला अनि भविष्य बनाउला भनेर अन्जु साइप्रस पुगेकी थिइन । उनी घरेलु कामदारका रुपमा त्यहा गएकी थिइन । साईप्रसमा घरेलु कामका लागि आएका महिलाहरु माथि दुब्र्यबार हुने गरेका घटनाहरु सार्बजनिक हुने गरेका भए पनि सुनुवारको आत्महत्याको कारण व्यक्तिगत रहेको खुल्न आएको छ । साइप्रसमा रहेकी उनकी आफन्त पर्ने दिदी राजमाया सुनुवारसंग शुक्रबार फोनमा कुराकानी भएको थियो । त्यसबेला फोनमा उनी निराश थिइन रे ।
राजमायाका अनुसार अन्जुको झापा घर भएका निशान राईसँग प्रेम सम्बन्ध थियो, उनकै कारणले गर्दा करिब १ महिना यता त अञ्जु साह्रै तनाबमा थिईन । अन्जुले निशानसँग बिहे गर्न चाहन्थिन् तर निशान भने सधैँ पैसा मात्र माग्थे । पैसा नपठाए फोटोहरु सार्बजनिक गर्ने धम्की दिदै निशानले ब्ल्याकमेलिङ गर्ने गरेको राजमायाले भनिन, –‘
पहिले आँफूसँग बिहे गरे, निशानको भविष्य बनाउँन अञ्जुले सहयोग गर्ने बताउँदै आएकी थिईन् तर पनि कति पटक पैसा समेत पठाईदिईन् । फेरि अर्को तर्फ निशानका अरु पनि गलफ्रेन्ड रहेको र आँफूसँग पैसा मात्र माग्ने गरेको अञ्जुले चाल पाएकी थिईन ।’ अन्जु र निशान फेसबुकबाट जिनजान भएका थिए । फेसबुकबाटै उनीहरु नजिक भएका थिए । अन्जुले निशानलाई साइप्रस जानु अगाडिनै नेपालमा भेटेकी थिइन ।
यसरी निशानले ब्याकमेलिङ गरेपछि अन्जुले आफ्नो नम्बर समेत बन्द गरेकी थिइन । तर राजमायालाई भने अर्कै नम्बरबाट अन्तिम पटक फोन गरिन । फोनमा अन्जुले भनिन “मेरो बारेमा कसैलाई नभन्नु, घरमा एक महिना पछि फोन गर्छ भन्दिनु ।” यसरी सम्पर्क गर्दा राजमायाले नेपाल नै गएर सबै समस्या समाधान गर्न सल्लाह समेत दिएकी थिईन । पटक पटक नेपालमा नै गएर समस्या समाधान गर्ने भन्ने बारे पनि कुराकानी भईरहेको राजमायाले बताइन ।
- पुर्बेलीन्युज


0 comments
प्रतिक्रिया दिनुहोस्...