बैशाख ११
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल टेलिभिजन र रेडियो नेपालबाट जनतासँग प्रत्यक्ष संवाद गर्ने भएका छन् । ‘‘सिधा प्रश्न प्रधानमन्त्रीसँग’ कार्यक्रम मार्फत प्रधानमन्त्री ओलीले जनताका प्रश्नको प्रत्यक्ष जवाफ दिने तयारी गरेका हुन् । यो कार्यक्रम आज राती पौने नौ बजे प्रत्यक्ष प्रशारण हुने छ । जनताका अपेक्षा,सुझाव र समस्या समाधान गर्ने उद्देश्यले प्रधानमन्त्रीले यस्तो कार्यक्रम गर्न लागेको बताइएको छ ।- Ratopati


0 comments
प्रतिक्रिया दिनुहोस्...