-->
पेस्तोल, गोलीसहित बानेश्वरमा समातिए लामा
Advertisement

काठमाडौं, ११ वैशाख । हतियार बोकेका एक जना बानेश्वरमा समातिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका–१० बानेश्वर शान्तिनगर डेरा गरी वस्ने काभ्रे महादेवटार–३ घर भएका २० वर्षीय कर्साङ लामालाई प्रहरीले १ थान पेस्तोल र गोली ५ राउण्ड सहित शुक्रवार पक्राउ गरेको हो ।
लामाले अवैध रुपमा हातहतियार गोलीगठ्ठा लुकाई राखेको छ भन्ने सुचना प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनको कोठा खानतलासी गर्दा पलङको घर्राबाट उक्त हतियार र गोली वरामद भएको हो ।
यसैगरी प्रहरीले म्याग्दीको दरवाङ गाविस स्थित गुफाटोल वस्ने ४८ वर्षीय खिमानन्द निउरेलाई शुक्रबार १ थान भरुवा वन्दुक र कालो बारुद जस्तो देखिने धुलो अन्दाजी २ सय ५० ग्राम तथा लिड सिसा अन्दाजी ५ सय ग्रामसहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.