-->
भूकम्प पीडितलाई निराश पार्दै प्रधानमन्त्री ओलीले भने–बाँकी रकम आफैं जुटाउनुस्
Advertisement

सिन्धुपाल्चोक, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पीडितलाई उपलब्ध गराउनु पर्ने जति सहयोग सरकारले गर्न नसकेको स्वीकार गरेका छन् । गोरखा बारपाक केन्द्र भएर ७.६ म्याग्नेच्युडको शक्तिशाली भूकम्प भएको एक वर्ष पुगेको दिन आइतबार पुनर्निर्माण अभियानको सुरुआत गर्न सिन्धुपाल्चोक आइपुगेका प्रधानमन्त्री ओलीले भूकम्प पीडितहरुलाई प्रर्याप्त सहयोग गर्न नसकेपनि साथ भने दिने आश्वासन दिए ।
एक वर्ष सम्म सरकारको आशमा बसेका पीडितलाई निराश पार्दै प्रधानमन्त्री ओलीले सरकारले उपलब्ध गराउने रकमले घर बन्न नसक्ने भन्दै बाँकी रकम आफैं जुटाउन भनेका छन् । पीडितका घर बनाउन ४ खर्ब भन्दा बढी रकम लाग्ने भन्दै उनले अहिले १ खर्ब ३० अर्बमात्र उपलब्ध रहेको जानकारी दिए ।
- OSnepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.