-->
मधेस समस्या सम्बोधन गर्न संविधान संशोधनः प्रचण्ड
Advertisement

३१ जेठ, नेपालगन्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनमार्फत मधेसका समस्या सम्बोधन गर्न सकिने बताएका छन् ।
बाँके जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई अाइतबार सम्बोधन गर्दै प्रचण्डले भने, “संविधानले कसैलाई भेदभाव गरेको छैन, तर संशोधन गर्नै पर्ने केही विषय छन् भने सहमतिमा संशोधन गर्न सकिन्छ ।”
आउँदो दश वर्षभित्र आफ्नो पार्टी मुलुकको सबैभन्दा ठूलो पार्टी हुने विश्वास व्यक्त गर्दै उनले अब कम्युनिष्ट मूल्य, मान्यताबाट सङ्गठन विस्तार गरिने बताए ।
सो अवसरमा नेताहरु रामबहादुर थापा, मातृका यादव र तिलक परियारले सङ्गठनलाई बलियो बनाउने मुख्य आधार कार्यकर्ताबीचको एकता भएको बताए ।
२०७३ जेठ ३१ गते ९:०३ मा प्रकाशित
# प्रचण्ड # मधेस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.