-->
मेसी पेनाल्टीमा चुक्दा चिलीलाई दाेस्राे पटक काेपा अमेरिकाकाे उपाधि ।
Advertisement

तस्बिर : राेयटर्स ।
असार १३, २०७३- लगातार दोस्रो पटक अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा हराउँदै चिलीले कोपा अमेरिकाकाे उपाधि जितेको छ । नेपाली समयअनुसार सोमबार बिहान भएको खेलमा र्निधारित र अतिरिक्त दुवै समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
अर्जेन्टिनाका लागि कप्तान लियोनल मेसी पेनाल्टीमा गोल गर्नबाट चुके । सुरुमा पेनाल्टी प्रहार गरेका चिलीका आर्टुरो भिडालको बल अर्जेन्टिनी किपरले रोके पनि अर्जेन्टिनाको लागि पहिलो पेनाल्टी प्रहार गरेको मेसीको बल पोष्ट बाहिर गयो ।
चिलीका किपरले अर्जेन्टिनी लुकास बिग्लियाको पेनाल्टी सुट रोक्दा गाटो सिल्भाले गोल गर्दै चिलीलाई विजयी बनाए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.