-->
जर्मनी युरोकपको क्वाटरफाइनलमा, स्पेन वा इटालीको सामना गर्ने
Advertisement

विश्वविजेता जर्मनी युरोकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ।
गएराति भएको खेलमा स्लोभाकियामाथि ३–० को शानदार जित निकाल्दै विश्वविजेता जर्मनी युरोकप फुटबलको अन्तिम ८ मा प्रवेश गरेको हो।
जर्मनीले खेलको ८ औँ मिनेटमै बोटिङको गोलबाट सुरुवाती अग्रता लिएको थियो। खेलको १४ औं मिनेटमा पाएको पेनाल्टीमा मेसुट ओजिल चुकेपछि जर्मनीले अग्रता दोब्बर पार्ने मौका गुमायो।
ओजिलको प्रहार स्लोभाकियाका गोल रक्षकले उत्कष्ट बचाउ गरेका थिए।
खेलको ४३ औँ मिनेटमा मारियो गोमेजले गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारे। पहिलो हाफमै दुई सून्यको अग्रता लिएको जर्मनीले दोस्रो हाफमा थप एक गोल गर्यो।
खेलको ६३ औँ मिनेटमा ड्राक्सलले गोल गरेपछि जर्मनी ३–० को विजयी भयो।
युरोकप फुटबलको उपाधि दाबेदार मानिएको विश्वविजेता जर्मनीले अब क्वाटरफाइनलमा स्पेन र इटालीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
सेतोपाटीबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.