-->
मोदीले नेपालको नाम लिँदा अमेरिकी संसदमा ताली बज्यो
Advertisement

२७ जेठ, काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेला अमेरिकी क्षेत्रको भ्रमणमा छन् । उनी संयुक्त राज्य अमेरिकाको भ्रमण सकेर मेक्सिको पुगेका छन् । बुधबार राति मोदीले अमेरिकी संसदको संयुक्त बैठकलाई विशेष संबोधन गरे ।
मोदीलाई नेपालीले “नाइँ” भनेपछि नाकाबन्दी- मणि शंकर ऐयर
ओबामा र मोदीबीचको भेटघाटपछि जारी बक्तब्यमा नेपालको नाम उल्लेख नभएपनि मोदीको भाषणमा भने नेपालको नाम छुटेन । मोदीले नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिले भारत पुगेको र मानवीय सहयोग थालेको स्मरण गराउँदा अमेरिकी संसद तालिले गुञ्जायमान बनेको थियो ।sssss
मोदीले भारत छिमेकी देशहरुको दुःखमा साथ दिने देश भएको भन्दै नेपालमा भूकम्प आउँदा, माल्दिब्समा पानीको संकट पर्दा र श्रीलंकामा पहिरोको विपत्ति आउँदा भारत सबैभन्दा पहिले पुगेका थिए ।
भिडियो हेर्नुस्ः मोदी नेपालबारे भिडियोको ४६ मिनेट ३२ सेकण्डमा बोलेका छन्
मोदीको भाषणका क्रममा अमेरिकी सांसदहरुले पटक पटक उठेर ताली बजाएका थिए । औपचारिक भ्रमणका क्रममा वासिङटन रहेका मोदीले अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको वार्तापछि जारी गरेको वक्तव्यमा नेपालको कुनै सन्दर्भमात्र होइन ‘शब्द’ परेको छैन ।
चीनको चेतावनी -चीनलाई पन्छाएर भारतको भलो हुँदैन
भारतले पछिल्लो समय नेपालको संविधान अपूर्ण भन्दै आफ्नो कूटनीतिक लबिङ तीव्र पारेको थियो । उक्त कार्यले नेपाल र भारतको सम्बन्धमा चिसोपना आएको थियो । अमेरिका भ्रमणमा पनि भारतले त्यही प्रकारको सहकार्य गर्न सक्ने आशंका सबैमा थियो ।
एउटा अनौठो समुदायः जहाँ महिला ६५ वर्ष पछि पनि जवान हुन्छन् (फिचर)
कुनै पनि मुलुकको आन्तरिक मामिलामा तेस्रो पक्ष सहकार्यमा अमेरिका नरहेको सन्देश यसअघि नै दिएकाले संयुक्त वक्तव्यमा नेपाल शब्द नपरेको वासिङटनस्थित नेपाली नियोगका अधिकारीहरूको दाबी छ ।
nepaliheadlines


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.