-->
चीनको लडाकु जेटले अमेरिकी जासुस विमान रोकिदियो
Advertisement

वासिङ्टन: एक चिनियाँ लडाकु जेटले पूर्वी चीन सागरको अन्तर्राष्ट्रिय हवाई क्षेत्रमाथि अमेरिकी जासुसी विमानलाई असुरक्षित तरिकाबाट जबरजस्ती रोकिदिएको छ ।
मंगलवार अमेरिकाका रक्षा अधिकारीहरुले यो घटनाको पुष्टि गरेका छन् । उड्दा उड्दै चीनको जे-१० लडाकु जेट विमानले अमेरिकी वायुसेनाको आरसी-१३५ टोही विमानलाई जबरजस्ती रोकिदिएको हो ।
अमेरिकी अधिकारीहरुले नाम नबताउने शर्तमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जनाए अनुसार जहाजका चालक दलका सदस्यहरुले असुरक्षित अवरोध गरिएको बताएका छन् ।
तीब्र गतिमा आएको चिनियाँ जहाजले अमेरिकी जहाजलाई अघि नबढ्न चेतावनी दिँदै असुरक्षित ढंगबाट रोकेको घटनाले यी दुई देशबीचको सम्ब्नध अझ चिसिने अनुमान गरिएको छ ।
पेन्टागनका अनुसार गत मे मा पनि दक्षिण चीन सागरमा अमेरिकी ईपी-3 विमानलाई चिनियाँ लडाकु जहाजले केबल ५० मिटरको दुरीबाट रोकिदिएको थियो ।
पेन्टागनले चीनको यो हर्कतलाई गत साल भएको दुई देशबीचको सम्झौताको उल्लघंनका रुपमा लिएको छ ।
यसै साताको शुरुमा अमेरिकी विदेश मन्त्री जोन केरीले अमेरिका दक्षिण चीन सागरमाथि रक्षा क्षेत्रमा उक्साहटयुक्त चिनियाँ गतिविधिले अस्थिरता पैदा गर्न सक्ने टिप्पणी गरेका थिए ।
दक्षिण चीन सागरलाई लिएर फिलिपिन्सले चीनविरुद्ध अन्तर्राष्ट्रिय न्यायलयमा पनि मुद्दा दर्ता गरेको छ।
अमेरिकी अधिकारीले भने अन्तर्राष्ट्रिय अदालतबाट यसबारे आउने फैसलापछि सन् २०१३ को जस्तै 'एअर डिफेन्स आईडेन्टिफिकेसन जोन (एडीआईजेड)' घोषित हुने चिन्ता जनाएका छन् ।
चीनले दक्षिण चीन सागरका अधिकांश भागमा आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । यहाँबाट हरेक साल ५० अर्ब व्यापारिक जहाज जाने गर्छन् ।
फिलिपिन्स, भियतनाम, मलेसिया, ताईवान र ब्रुनईले पनि दक्षिण चीन सागरमा दाबी प्रस्तुत गर्दै आएका छन् ।
अमेरिकाले चीनमाथि दक्षिण चीन सागरमा कृत्रिम द्वीप बनाएर त्यो ठाउँलाई सैन्यकरण गरिरहेको आरोप लगाउँदै आएको छ ।
चीनले ने जवाफमा अमेरिका एसियामा आफ्नो नौसैनिक सैन्य बेसमार्फत सैन्य गतिबिध बढाउने दाउमा रहेको बताउँदै आएको छ ।
गत साता सिंगापुर सम्मेलनमा अमेरिकी रक्षा सचिव ऐस कार्टरले एसिया प्रशान्तमा अमेरिकी नीति 'प्रतिबद्धता, मजबुती र सामेल' हुने रहेको बताएका थिए ।
@ Annapurna Post


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.