-->
उपत्यकाभित्र पाँच स्थानमा 'मेट्रो रेल' को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक 'फ्लाई ओभर' मा हुनेछ । चौथो र पाँचौ लाइनमा गुड्ने रेलका लागि भने 'भूमिगत लिक' निर्माण गरिनेछ
Advertisement

काठमाडौँ, २२ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि भनेका थिए, 'राजधानीमा मेट्रो रेल' कुद्छ, काठमाडौँको जुनी फेरिन्छ ।' यो कुरा आगामी १० वर्ष भित्र पुरा गर्ने लक्ष्य नेपाल सरकारले लिएको छ । जसको लागि विस्तृत अध्ययन सुरु भइसकेको छ भने अध्ययन सकिए लगत्तै कार्यान्वयनका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार हुनेछ र राजधानीमा सपना जस्तै विभिन्न रुट हुँदै 'मेट्रो रेल' गुड्ने छ ।
कहाँ–कहाँ, कसरी गुड्नेछ मेट्रो रेल ?
प्रारम्भिक अध्ययन अनुसार उपत्यकाभित्र पाँच स्थानमा 'मेट्रो रेल' को लेन निर्माण हुनेछ । पहिलो, दोस्रो र तेस्रो लेनमा गुड्ने रेलका लागि लिक 'फ्लाई ओभर' मा हुनेछ । चौथो र पाँचौ लाइनमा गुड्ने रेलका लागि भने भूमिगत लिक निर्माण गरिनेछ । पहिलो लाइनको रुट सातदोबाटो–पुल्चोक–त्रिपुरेश्वर–रत्नपार्क–नारायणहिटी–महाराजगन्ज हुँदै नारायणगोपाल चोकसम्म हुनेछ । दोस्रो लाइनमा चल्ने रेलको लिक कलंकी–कालिमाटी–माइतीघर–तिनकुने हुँदै एयरपोर्टसम्म हुनेछ भने तेस्रो लिक भने चक्रपथ वरिपरि निर्माण हुनेछ ।
चौथो नम्बरको भूमिगत लिकमा चल्ने रेलको लिक स्वयम्भू–छाउनी–बागबजार–डिल्लीबजार–पुरानो बानेश्वर–गौशाला–चाबहिल हुँदै बौद्धसम्म निर्माण गरिने छ । यसैगरी पाँचौ लिक धोवीघाट–पुल्चोक–पाटन दरबार–नयाँ बानेश्वर–माइतीघर–सिंहदरबार–सहिदगेट–डिल्लीबजार–टंगाल–नायाणहिटी–नयाँ बजार हुँदै गंगबुसम्म निर्माण गरिनेछ । (आजको नयाँ पत्रिकाबाट)
तस्विर: सांकेतिक


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.