-->
यी हुन बालुवाटारभित्र प्रवेश गरेर उपचार गर्ने नक्कली डाक्टर
Advertisement

काठमाडौं, ८ असार । कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटलका अध्यक्ष, अनि एमालेका स्वास्थ्य विभाग सदस्य नक्कली प्रमाणपत्रका आधारमा चिकित्सा पेसा अंगालेका अभियोगमा केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका बुद्धिमान श्रेष्ठको परिचय यतिमै सकिँदैन ।
उनी हाइ प्रोफाइल व्यक्तिको फेमिली चिकित्सक पनि हुन् । उनको नियमित सेवा लिनेमध्ये प्रधानमन्त्री केपी ओली पनि पर्छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
चिकित्सकबीच हुने राजनीतिमा एमाले निकट चिकित्सकका रूपमा परिचित उनले प्रधानमन्त्रीसँग आफ्नो सामिप्य पुष्टि गर्न पुस र फागुनमा बालुवाटारमै गएर ओलीको दाँतको उपचार गरेका थिए ।
पहिलो पटक पुस १८ मा श्रेष्ठ मोबाइल डेन्टल भ्यान र चिकित्सकको टोली लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । दैनिक नेपाल बाट।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.