-->
अनलाइन निर्देशिका खारेज गर्नुको विकल्प छैनः डा. रिजाल
Advertisement

८ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले सरकारले हालै ल्याएको अनलाइन निर्देशिका खारेज गर्नुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन डिजिटल मिडिया बिभागले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा रिजालले स्वतन्त्र प्रेस माथि अंकुश लगाउने उद्देश्यले ल्याइएको निर्देशिका खारेज गर्नुको विकल्प नभएको बताए ।
हुँदै नभएको अधिकार छ भनेर निर्देशिका बनाउन कसैले पनि नपाउने भन्दै उनले बर्तमान सूचना तथा सञ्चारमन्त्री शेरधन राईको अक्षमता जनतामाझ स्पष्ट भएको उल्लेख गरे । उनले जथाभावि गर्ने अनलाइनमा सरकारले बन्देज लगाउनुपर्ने तर सञ्चार गृहमा बन्देज लगाउन नहुने बताए । आफूले संसद बैठकमा निर्देशिकाको विषयमा विरोध जनाउने जानकारी पनि दिए ।
कार्यक्रममा पत्रकारहरुले यस्तो निर्देशिका कुनै पनि हालतमा मान्य नहुने बताएका छन् । उनीहरुले सरोकारवाला निकाय अनलाइनमा स्पष्ट नहुँदा समस्या आएको दाबी गरे ।
२०७३ असार ८ गते १०:२५ मा प्रकाशित
# अनलाइन निर्देशिका
# डा. मिनेन्द्र रिजाल


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.