-->
कोश्यारीले भने- प्रचण्ड प्रधानमन्त्री भन्दा माथि
Advertisement

२० बैशाख, बिराटनगर ।
भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोश्यारीले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाललाई शान्त राख्ने तागत भएको बताएका छन् । प्रचण्ड प्रधानमन्त्री नभएपनि प्रचण्डसँग देशलाई शान्त राख्ने दम रहेको उनले बताए ।
सोमबार विराटनगरमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले चीन वा भारतसँग नजिक भएर समस्या समाधान नहुने भन्दै नेपालीहरु भिख मागेर नभइ आफ्नो बलमा नेपाल बनाउन सकिने बताए ।
मञ्चमा रहेका प्रचण्डलाई आग्रह गर्दै उनले नेपालको समस्या नेपाली नेताहरुले नै आन्तरिक समस्या समाधान गर्नु पर्ने बताए । उनले आफू नेपालमा संविधान बन्छ भन्ने आशाबादी रहने एक मात्र नेता रहेको भन्दै उनले संविधान बनाउने नेतृत्व गरेकोमा प्रचण्डलाई विशेष धन्यवाद दिए ।
देउवावाट प्रधानमन्त्री अफरः प्रचण्डको कुटनीतिक जवाफ
उनले नेपालको संघीय सिमानामा सुझबुझ पूर्ण निर्णय गर्न आग्रह गर्दै आफ्नो छिमेकमा भएको समस्यमा आफूहरु चिन्तित रहेको बताए । नेपाल र भारतबीच सांस्कृतिक निकटता स्मरण गराउँदै उनले नेपाल समृद्ध बनेरै छोड्ने बताए ।
यस अघि कांग्रेस महाधिवेशन उद्घाटन सभामा उपस्थित भारतीय नेताहरुलाई सम्बोधन गर्दै प्रचण्डले नेपाली जनताले के गल्ती गरेका कारण नाकाबन्दी सहनु पर्यो त्यो कुरा नेपाली जनताले बुझ्न चाहेको बताएका थिए ।
त्यतिबेला पनि प्रचण्डले नामै लिएपछि भारतीय नेता भगतसिंह कोसियारीले हात जोडेर प्रचण्डका कुराको समर्थन गरेका थिए।-


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.