बैशाख २०
महानगरीय अपराध महाशाखाले क्यानाडाको नक्कली भिषा लगाई लाखौं ठगी गर्ने कन्सल्टेन्सी संचालकलाई पक्राउ गरेको हो । काभ्रे सिपाली चिलाउने घर भइ हाल काठमाडौंको बसुन्धरा बस्ने डेन्जिन लामालाई पक्राउ गरिएको एसपी सहकुल थापाले जानकारी दिए।
काठमाडौं ४ मा प्रवल एजुकेशन कन्सल्टेन्सी खोलेर उनले क्यानाडा जानेहरुसँग १५ लाख लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ। रामेछापका राजु श्रेष्ठ, देवेन्द्र सुनुवार दोलखाका विवेकराज कार्की र भक्तपुरका रमेश कुमार के.सी.लाई उनले क्यानाडा पठाइदिने भन्दै १५ लाख माग गरेका थिए ।
क्यानाडा जान चाहने उनीहरुले पहिलो पटक ५० हजार बुझाएका थिए। पछि लामाले नक्कली भिषा देखाएर बाँकी रकम माग गरेका थिए। उनको कन्सल्टेन्सी शिक्षा मन्त्रालयको शैक्षिक परामर्श केन्द्रमा दर्ता समेत नभई संचालन भएको एसपी थापाले बताए। एक जना क्यानेडियन नागरिकलाई भारतको दिल्लीमा राखेर उनै मार्फत लामाले ठगी गर्दे आएको एसपी थापाले बताए।- Setopati


0 comments
प्रतिक्रिया दिनुहोस्...