एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण समयमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा पाएका चिनियाँ राष्ट्रपति सी जिन पिङले आगामी अक्टोबर पहिलो साता नेपाल भ्रमण गर्ने निधो भएको छ ।
चिनिया समाचार एजेन्सी अनुसार राष्ट्रपति सीले आगामी अक्टोबर २ तारिख (असोज १६ गते) मा नेपाल भ्रमण गर्ने सम्भावना उच्च रहेको जनाएका छन् । उनले सोही समयमा भारतको गोआमा आयोजना गरिने ब्रिक्स शिखर सम्मेलनमा जाने कार्यक्रमर रहेको र सोही अनुरुप रुट तय गरिएको हो । राष्ट्रपति सीले ब्रिक्स शिखर सम्मेलन अघि नै नेपाल भ्रमण गर्ने संकेत चिनियाँ परराष्ट्र मन्त्रालयले गरेको हो ।
गोआमा आगामी असोज २९ र ३० गते ८ औं ब्रिक्स शिखर सम्मेलन हुने कार्यक्रम रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...