-->
गौतम बुद्ध असफल भएपछि यसरी बगेको थियो ७७ हजार मानिसको रगत
Advertisement

शनिबार २५ सय ६० औं बुद्ध जयन्ती धुमधामका साथ मनाइँदैछ । बुद्धको जन्मस्थल लुम्बिनीदेखि संयुक्त राष्ट्रसंघ र भगवान बुद्धलाई मान्ने धेरै देशहरुमा आज बुद्ध जयन्ती मनाइँदै छ । आजकै दिन बुद्धले बुद्धत्व प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि प्राप्त गरेका थिए ।भगवान बुद्धले बुद्धत्व प्राप्त गरेको र उनको जन्मस्थानको विषयलाई लिएर संसारभर विभिन्न बहसहरु समेत हुने गरेका छन् । त्यसर्थ, नेपाल सरकारको आयोजनामा आजकै दिन भगवान बुद्धको जन्मस्थल, उनले प्राप्त गरेको बुद्धत्व लगायतका विषयहरुलाई छर्लङ पार्ने उद्धेश्य र लुम्बिनी अर्थात नेपाललाई विश्वभर स्थापित गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत भैरहेको छ ।
वास्तवमा आजभन्दा पच्चिस सय वर्षअगाडि अर्थात ईपू ५६३ वैशाख पूर्णिमाका दिन कपिलवस्तुमा शाक्य वंशको कोखमा जन्मिएका सिद्धार्थ गौतम (भगवान) बुद्ध) र उनको विषयलाई लिएर संसारभर विभिन्न बहसहरु भइरहेता पनि यो विषयमा इतिहासविदहरुको एउटै निश्कर्ष छ, ‘भगवान बुद्धको जन्म नेपालको कपिलवस्तुमै भएको हो ।’
यसै,सन्दर्भमा इतिहासकारहरुले दाबी गरेका भगवान बुद्ध र उनको राज्यकालमा जोडिएका केही रोचक प्रसंगलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।
गौतम बुद्धको जन्म कपिलवस्तुका शाक्यवंशी परिवारमा भएको थियो । गौतम बुद्ध २९ वर्षसम्म आफ्नो दरबारमा बिताएर शान्तिका लागि दरबारबाट बाहिरिएका थिए ।
त्यसपछि उनले पहिलो उपदेश सारनाथमा पुगेर दिएका थिए । त्यहीबाट सुरु हुन्छ उनको अन्तरध्यानमय यात्राको सुरुवात । त्यसबेला उनले पाँचजना गृहत्यागी भिक्षुहरुलाई उपदेश दिएका थिए । भगवान बुद्धबाट उपदेश लिने पहिलो भिक्षु कौडन्य थिए, जो कपिलवस्तुकै थिए । त्यस्तै, उनको जीवनसँग जोडिएकी पत्नी यशोधरानै पहिलो महिला भिक्षुनी थिइन् ।
कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको कोखबाट जन्मिएको सिद्धार्थ गौतमलाई हुर्काउने काम भने राजाकी कान्छी रानी प्रजापतिबाट भएको बताइन्छ । बुद्धत्व प्राप्त गर्न दरबारबाट बाहिर निस्केका सिद्धार्थ दोश्रो वर्षावासमा कपिलवस्त पुगेका थिए ।
युद्धमा हारेका बुद्ध त्यसबेला छिमेकी कोशल राज्यका प्रसेनजितले कपिलवस्तुकी शाक्य वंशकी कन्या विवाह गर्ने इच्छा जाहेर गरेर त्यहाँ पुग्दा एउटा डरलाग्दो घटनाको सुरुवात भएको थियो ।
कपिलवस्तुका शाक्य राजाहरुको मिलेमत्तोमा प्रसेनजितलाई ल्याईतेपट्टिकी महिलाबाट जन्मेकी छोरीसँग षडयन्त्रपूर्वक विवाह गरियो । सो विवाह पछि उनीहरुबाट एक बालकको जन्म भयो, जसको नाम विरुद्धक थियो ।
उनी एक दिन मावली जाँदा कपिलवस्तुका शाक्यहरुले ठूलो अपमान गरे । त्यसपछि उनले मावलीविरुद्ध त्यसको बदला लिएरै छाड्ने अठोट गरे । त्यसको लगत्तै रोहीणी नदीको पानी बाँडफाँडको विषयलाई लिएर ठूलो झगडा पर्यो । तीनपटक सम्म त उक्त झगडा गौतम बुद्धले मिलाएका थिए । चौथो पटकको युद्धमा भने गौतम बुद्धले हार खाए । झगडा मिलाउन सकेनन् । मावलीको इखले भएको सो लडाईमा विरुद्धकले कपिलवस्तुका करिब ७७ हजार मानिस मारेको इतिहासमा उल्लेख छ ।
त्यसपछि शाक्य र कोलीहरु भागेर काठमाण्डु उपत्यकामा प्रवेश गरेको प्रसंग प्रध्यापक डा.रामप्रसाद उपाध्यायले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
बुद्धको जन्म र त्यसको भ्रम बुद्धको महापरिनिर्वाण अघि उनका बारेमा कुनै ग्रन्थहरु लेखिएनन् । उनको जीवनीमा आधारित पहिलो ग्रन्थ कविताको शैलीमा महाकवि अश्वघोषले उतारेका थिए । महाकवि अश्वघोषनै भगवान बुद्धको जीवनी उतार्ने पहिलो विद्धान हुन् ।
त्यसपछि लुम्बिनी भ्रमणमा आएका चिनियाँ भिक्षुहरु फाइयान र युवान चाङ लगायतले बुद्धको जन्मस्थल र उनको जीवनीबारे विश्वभर प्रचारप्रसार गराउन सहयोग पुर्याएका थिए । हिन्दुस्तान (भारत)बाट आएका प्रियदर्शी सम्राट अशोकले समेत भगवान बुद्धको बारेमा स्पष्ट विचार राखेका स्तम्भहरु भेटिएका छन् ।
सम्राट अशोक भगवान बुद्धले महानिर्वाण प्राप्त गरेको २९४ वर्षपछि अर्थात इपू २४९ मा आफ्ना गुरु उपगुप्तका साथ नेपालको लुम्बिनी भ्रमणमा आएका थिए र उनले त्यसबेला कपिलवस्तु भ्रमण गरेर एक लाख सुनका सिक्का दान गरेको इतिहासमा उल्लेख छ । सोही बेला उनले आफ्नो नाममा अशोक स्तम्भ खडा गरेका थिए ।अशोक स्तम्भ खडा गर्दै उनले लेख्न लगाएका पंक्ति यस्ता छन्, ‘राज्याभिषेक भएको बीस बर्ष पुगेका(२५० इपू) देवताहरुका प्रिय, प्रियदर्शी राजाले स्वयं यहाँ आएर पुजा गरे । यहाँ शाक्यमूनि बुद्ध जन्मेका थिए भनी ढुंगाको ठूलो पर्खाल बनाइयो र शिलास्तम्भ खडा गरियो । यहाँ भगवान जन्मेका थिए भनी लुम्बिनी वलि र अष्ट भाग क्षमा गरियो ।’ सम्राट अशोकले आफ्नो स्तम्भमा लेख्न लगाएका उल्लेखित पंक्तिले पनि भगवान बुद्धको जन्मस्थलबारे चलेका संसारभरका भ्रमहरुलाई खारेज गरिदिन्छ ।
गौतम बुद्धको पालाको लडाई र जीवनपछि कपिलवस्तु विस्तारै उजाड बन्दै गएको बताइन्छ । भारतमा मुसलमान र हिन्दुहरुको शक्ति संघर्षले यो पवित्र भूमि थुप्रै सय वर्ष उजाड बनेको थियो ।
पछिल्ला करिब ५ सय वर्षयता सो क्षेत्रको बारेमा विशेष खोज तथा अनुसन्धानका लागि नेपाल र भारतले विशेष चासो दिएको देखिन्छ । लुम्बिनीको पूरातात्विक विकासमा पहिलोपटक ध्यान दिने नेपाली व्यक्तित्व केशर शम्शेर जवरा हुन्, जसले लुम्बिनीको खोज तथा अनुसन्धान यात्राको पहिलो पाइला चालेका थिए ।
यसबेला नेपालमा भगवान बुद्धले दिएको दर्शन र उनको विश्वभर चम्किएको व्यक्तित्वलाई थप उजागर गर्ने उद्धेश्यका साथ अन्तर्राष्ट्रिय बुद्ध सम्मेलन जारी छ । त्यसमा संसारभरका दर्जनौ संस्कृतिमन्त्री, भगवान बुद्ध र उनको दर्शनसँग विशेष दख्खल राख्ने अध्ययेताहरु, विभिन्न देशका भिक्षुहरु लगायतले भगवान बुद्धको जन्मस्थल भरिभराउ छ । सम्मेलनले भगवान बुद्ध, उनको दर्शन र विश्वदृष्टिकोणबारे नयाँ घोषणापत्र समेत जारी गर्नेछ । यो सम्मेलनले युगौदेखि भगवान बुद्धबारे रहेका भ्रमहरु समेत खारेज गरिदिने आयोजकहरुको दाबी छ । प्रस्तूति–रंगलाल रिमाल


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.