तेहरान इरान, इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी फुकुवा भएपछि इरानको आर्थिक विकासका लागि बाटो खुलेको र भारतले पर्सियाली खाडी मुलुकसँग व्यापार, निर्माण तथा ऊर्जा क्षेत्रमा लगानी गरी अगाडि बढ्न चाहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुईदिने भ्रमणका क्रममा बताउनुभएको छ ।
भारत तथा इरानबीचको सम्बन्ध थप प्रगाढ बनाउन दुवै देशबीच सहकार्य भइरहेको बताउँदै भारतीय प्रधानमन्त्री मोदीले “भारत इरानसँग कठीन घडीमा समेते सहकार्य गरेको स्मरण गर्नुभयो ।”
वर्तमान समयमा दुवै देश व्यापार, प्रविधि, लगानी एवम् निर्माण र ऊर्जा सुरक्षा विषयमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्दै भारतीय निजी क्षेत्रले पनि इरानमा लगानी गर्न इच्छुक रहेको, प्रधानमन्त्री मोदीले इरानको समाचार संस्था ९आईआरएनए० लाई बताउनुभएको हो ।
भारतीय प्रधानमन्त्री मोदीले सोमबार इरानी राष्ट्रपति हसन रौहानीसँग यस सम्बन्धमा औपचारि वार्ता गर्नु हुने बताइएको छ ।
इरानमा रहँदा उहाँ इरानी उच्च पदस्थ सरकारी अधिकारी, सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलगायतसँग भेट्ने कार्यक्रम छ ।
आफ्नो इरान भ्रमणको एजेन्डाबारे व्याख्या गर्दै भारतीय प्रधानमन्त्री मोदीले इरान भारतको असल मित्र भएको र यस क्षेत्रको महत्वपूर्ण मुलुक भएको बताउनुभयो । रासस÷पीटीआई


0 comments
प्रतिक्रिया दिनुहोस्...