-->
जान्नुहोस् तपाईंको आजको प्रेम, धन, दशा, दुख, सुख को भाग्यफल यस्तो छ......
Advertisement

आजको राशिफल – मिति वि.सं. २०७३ साल जेठ १७ गते सोमबार तदानुसार इश्वी सन् २०१६ मे ३० तारिख
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) – नोट – प्रश्तुत राशिफल नेपाली पात्रोबाट साभार गरिएको ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सामान्य आम्दानी भइरहे पनि रकम जोगाउन मुस्किलै पर्नेछ। घरखर्चको मात्रा पनि बढ्न सक्छ। सरसापटमा रकम खर्च हुने र फिर्ता उठाउन नसकिने परिस्थिति आउन सक्छ। श्रमको प्रतिफल हातपार्न पनि केही समय लाग्नेछ। बलजफ्ती गर्दा काम झन् बिग्रन सक्छ। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका पाइएला। साँझदेखि स्थितिमा सुधार आउनुका साथै कर्मफल प्राप्त हुने देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। मेहनतले अरूको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। समयमा सहयोगीहरू जुटिदिनाले आँटेको काम सम्पादन हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ। सहयोगीहरूको साथले नसोचेको फाइदा प्राप्त हुन सक्छ। प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। अरूका काममा समय खर्चनुपर्ला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुनेछ। साँझदेखि भने रमाइलो क्षणमा अचानक खिन्नता बढ्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नुपर्ला। लेनदेनमा विवाद आउने योग छ, सजग रहनुहोला। साँझदेखि स्थितिमा सुधार आई मनग्य लाभ हुनेछ। व्यापार तथा उद्योगतर्फ आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा समय दिन नसकिने र व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने अवसर मिले पनि प्रतिस्पर्धाले हानि पुर्याउन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। तापनि, साँझदेखि स्थितिमा सुधार आउन सक्छ। सहयोगीहरूको साथ मिल्नाले बिस्तारै फाइदा उठ्नेछ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। अध्ययनमा पनि सामान्य प्रगति हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। साँझदेखि झुटा आरोप लाग्ने तथा आर्थिक समस्यामा परिने देखिएकाले सजग रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भने फाइदै हुनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने भए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.