-->
शेष घले दम्पति अष्ट्रेलियाको १ सय ५ औं धनी
Advertisement

जेष्ठ १४, २०७३- अष्ट्रेलियाका नेपाली ब्यवसायी दम्पती शेष घले र जमुना गुरुङ यस बर्ष अष्ट्रेलियाका १ सय ५ औं धनी बनेका छन् । गत वर्ष ९९ नम्बरमा रहेका घले यस वर्ष १ सय ५ औं धनी बनेका हुन् । तर, उनको सम्पति भने गत वर्षभन्दा यस वर्ष ५८ मिलियन डलरले बढेको छ ।
अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका ‘बिआरडब्लु’ले प्रत्येक बर्ष यहाँका धनीहरुको सुची सार्वजनिक गर्दै आएको छ । पत्रिकाले आज सार्वजनिक गरेको समाचार अनुसार गतबर्ष ५ सय २८ मिलियन सम्पति रहेका घलेको सम्पति बढेर यस वर्ष ५ सय ८६ मिलियन डलर पुगेको छ ।
करिब दुई दशकअघि सामान्य विद्यार्थीका रुपमा अष्ट्रेलिया आएका घलेको मेलबर्नमा रहेको ‘मेलबर्न इन्ष्टिच्युट अफ टेक्नोलोजी’ र घरजग्गाको ब्यवसाय छ । उनी प्रवासी नेपालीहरुको संगठन एनआरएनएको अध्यक्ष पनि हुन् । उनी काठमाडौंमा ५ तारे होटलसमेत सञ्चालनको तयारीमा छन् ।
नेपालमा गएको महाभूकम्पपछि पुनर्निर्माणका लागि सहयोग संकलनमा सक्रिय घले आफैं घटनास्थलहरुमा पुगेर खटिएका थिए । उनको नेतृत्वमा रहेको एनआरएनले भूकम्पपीडितका लागि १ हजार घर बनाइदिने घोषणा गरेको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.