जेष्ठ १४, २०७३- जुम्लाको पाण्डवगुफा गाविसमा भेटिएको कालो भालु सदरमुकाम स्थित वन कार्यालयमा ल्याएपछि हेर्नेको भिड लाग्ने गरेको छ । दैनिक ५० जना सम्मले हेर्ने, कालो भालु संग फोटो खिचाउने गरेको जिल्ला वन कार्यालय जुम्लाले जनाएको छ । लोप उन्मुख कालो भालु ६४ वर्षीय भेटिगोठालाले छोपेर ल्याएका थिए ।
अहिले दैनिक जिल्ला वन कार्यालयमा भालु हेर्नेको भिड लाग्ने गरेको छ । अधिकांसले भालुलाई उचालेर काधमा राखी फोटो खिच्छन । जंगलमा हुदा चिथोर्ने डरले नजिकै जान नसकेपनि नियन्त्रणमा ल्याएको भालुलाई रहर मान्दै खेल्ने गरेका छन ।
अहिले पटक पटक पशु सेवा कार्यालयका पशु चिकित्सक गएर चेकजाँच गरिरहेको सहायक वन अधिकृत श्यामलाल महतले जानकारी दिए । अहिले भालुको स्वास्थ्य अवस्था ठिक रहेको चिकित्सकहरु बताउाछन । कालो हिमालयन भालुलाई जाउलाखेल चिडिया खानामा पठाउने तयारी भईरहेको छ । तर कालो भालुको नाम जुम्ली भालु राखिनु पर्ने स्थानियले माग गरेका छन ।
यो समुद्र सतह देखि ५ हजार देखि ११ हजार फिटको उचाईमा रहेको जंगलमा वस्छ । उसले जंगमा उमि्रएको निगालो खाना खान्छ । भिरालो परेको हिमाली ठाउहरुमा यो वस्न रुचाउने गरेको वनअधिकृत श्रेष्ठले वताए । भालुलाई भात,दुध,विस्कुट,चिनी खुवाउने गरिएको छ । अहिले मान्छे संग राम्रो संग घुलमिल भईसकेकोले फोटो खिचेपछि काधमा राखेपनि कुनै प्रतिक्रिया जनाउदैन । शुरुमा चिर्थोने प्रयास गथ्र्यो । जुम्लामा कालु भालुको संख्याका वारेमा वन कार्यालयमा कुनै तथ्यांक छैन । एक साता देखि कालो भालु जिल्ला वन कार्यालयमा छ । भने त्यसअघि पाण्डप गुफा गाविसको एक स्थानियको घरमा राखिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...