
Advertisement
|
बैशाख २०
कृषि विकास मन्त्रालय, कृषि विभागमा ५ सय पदको लागि तोकिएको योग्यता पुगेका इच्छुक नागरिकहरुबाट दरखास्त आहवान गरिएको छ । बैशाख २० गते गोरखापत्रमा सूचना जारी गरी विभागले प्राविधिक सहायक पदको लागि दरखास्त आह्वान गरेको हो।
द्वितीय श्रेणीका नायव प्राविधिक सहायक (ना. प्रा. स) पदहरु “एक गाउँ विकास समिति एक कृषि प्राविधिक व्यवस्थापन समबन्धि निर्देशिका, २०७३” बमोजित सेवा करारमा पदपूर्ति गर्नुपर्ने विज्ञापनमा जनाइएको छ।
सो पदको लागि खुल्ला तथा समावेशी गरी ५०० जनाको माग गरिएको छ। सूचना अनुसार खुल्ला तर्फ २८० जनाको माग गरिएको छ भने समावेशी तर्फ महिलामा ७९, खुलामा २८०, आदिवासी/जनजातीमा ६८, मधेसीमा ४६ र दलितमा २७ जनाको माग रहेको छ।
यी पदमाहरु आवदेन दिन जेठ ३ गतेसम्मको सीमा दिइएको छ । नायव प्राविधिक सहायक पदको लागि SLC पास अनिवार्यका साथै न्युनतम एक बर्ष जे. टी. ए. (कृषि बिज्ञान) तालिम प्राप्त वा कृषि विषय लिई टि. एस. एल. सी उतिर्ण गरेको हुनु पर्ने छ।
उम्मेदवारको उमेर हद मिति २०७३/०२/०३ सम्ममा १८ वर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनु पर्नेछ।


0 comments
प्रतिक्रिया दिनुहोस्...