काठमाडौं, २० वैशाख । नेपालमा जलविद्युत आयोजना निर्माण नगरी लाइसेन्स होल्ड गर्नेमा सबैभन्दा अगाडि भारतीय प्रवद्र्धक देखिएका छन् । उनीहरुले लाइसेन्स लिएर काम नगरी आयोजनाहरु आफ्नो हातमा लिएका हुन् ।
ऊर्जा मन्त्रालयले हालसम्म ६ हजार २२ मेगावाट विद्युतका लागि लाइसेन्स जारी गरेकोमा भारतीय प्रवर्द्धकका हातमा ५ हजार १ सय ५७ मेगावाट बराबरका आयोजना छन् । यो संख्या कुल जारी भएको लाइसेन्सको ८५.६ प्रतिशत हो ।
भारतका सार्वजनिक तथा निजी गरी १४ वटा कम्पनीले ५ हजार १५७ मेगावाट क्षमताका १५ ठूला आयोजनाको लाइसेन्स लिएका छन् । यसमध्ये एस्सर ग्रुप र नेपालीको संयुक्त लगानीमा रहेको ८२ मेगावाटको तल्लो सोलु आयोजनाको मात्र निर्माण सुरु भएको छ।
अन्य आयोजनाले विद्युत उत्पादन अनुमति पत्रका लागि विद्युत विकास विभागमा निवेदन दिएका छन् ।
- दैनिक नेपाल डट कम


0 comments
प्रतिक्रिया दिनुहोस्...