-->
छोरी भन्दै पुल्पुल्याउँदा १९ तोला सुन गायब
Advertisement

जेष्ठ ४
काठमाडौं । गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो ।
घरमा कतै ताला फुटाएको छैन, मान्छे घरमै भएको अवस्थामा चोर छिरेर चोर्ने अवस्था पनि थिएन । तर, कसरी चोरी भयो ? प्रहरी पनि चकित भयो ।
दराजको पछिल्लो भाग काटेर गहना चोरी भएको थियो ।
घरमा आइरहने व्यक्तिले नै चोरी गरेको हुनसक्ने आशंका गर्दै प्रहरीले सिंहको घरमा गइरहने विभिन्न व्यक्तिमाथि अनुसन्धान सुरु गर्यो ।
सिंहकी छोरी नेहाकी साथी पूजा राई त्यस घरमा बारम्बार गइरन्थिन् ।
छोरीको मिल्ने साथी भएकाले पूजालाई सिंह परिवारले छोरीजस्तै मानेको थियो ।
तर, तिनै छोरी मानेर माया गरेकी पूजाले नै १० लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी गर्लिन् भनेर शंका पनि गरेका थिएनन् ।
तर त्यही शंका नगरेको कुरा विश्वास गर्न सिंह परिवार बाध्य भए जब राईको साथबाट चोरीको गहना बरामद भयो ।
घटनाको दुई सातापछि ललितपुर प्रहरीले राइसहित चारजनालाई पक्राउ गर्याे ।
रसुवास्थित कारागारमा साथीलाइभेट्न गएको बेला उनलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमूख एसएसपी पीताम्बर अधिकारीले बताए ।
चोरी गरेको गहनामध्ये केही उनले विक्री गरिसकेकी थिइन् । -नेपालीपत्रबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.