-->
प्रधानमन्त्री निवास घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप
Advertisement

काठमाडौं,जेठ ४ । संघीय गठबन्धनलेले सुरु गरेको बालुवाटार घेराउमा लाठीचार्ज भएको छ ।
संविधान पुर्नेलखनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन शुरु गरेको तेस्रोदिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्न पुगेका प्रदर्शनकारी निषेधित क्षेत्रतर्फ बढेपछि सुरक्षाकर्मीले रोक्दा त्यहाँ झडप भएको छ।
बालुवाटार क्षेत्र तनावग्रस्त बनेको छ। भाटभटेनीदेखि झाँकीसहित सुरु भएको र्याली प्रधानमन्त्रीको निवास अगाडि बढे पनि सुरक्षाकर्मीहरुले राष्ट्रबैंक चोक नपुग्दै रोकेका थिए। सरकारविरुद्ध नाराबाजी गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच केहिबेर धकेला धकेल भएको थियो । प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको छ । बालुवाटार क्षेत्रलाई प्रहरीले चार स्थानबाट घेरा हालेको छ ।- अनलाइन साझा खबर


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.