-->
रातो मच्छिन्द्रनाथको रथारोहण आजबाट सुरु
Advertisement

रातो मच्छिन्द्रनाथलाई शनिबार रथारोहण गरिँदैछ । रथारोहण गर्नको लागि अहिले कटुवाल दहमा विशेष पूजा भइरहेको छ ।
कटुवाल दहबाट देवतालाई चाँदीको कलशमा राखेर पाटनको तबहालमा ल्याएपछि पुल्चोकमा निर्माणाधिन रथमा रथारोहण गरिनेछ ।काठमाडौं उपत्यकामा खडेरी परेको बेला त्यसबेलाका राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त बज्राचार्य र ललित ज्यापुले भारतको कामारुकामाक्षबाट रातो मच्छिन्द्रनाथ ल्याएको जनविश्वास छ ।
त्यही प्रतिक स्वरुप हरेक वर्ष कटुवाल दहबाट देवता ल्याउने गरिन्छ । दिउँसो रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिने पुजारी विनोद बज्राचार्यले बताउनुभयो । मच्छिन्द्रनाथको रथ बनाउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
मूर्तिलाई रथारोहण गर्नु अघि सुनका फूल, झयाल, कौसी, धमा जडान गरिने रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनुभयो । चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिने उहाँले बताउनु भयो ।
रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटौ लगाएर रथको अगाडि बस्ने जनविश्वास छ । रथारोहण गरेर आउँदो मंगलबारदेखि रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु हुनेछ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.