-->
आमा दिवसमा यो प्रसंग अवश्य पढ्नुहोस्, जसले करोडौं मानिस स्तब्ध बने !
Advertisement

काठमाण्डु, २४ वैशाख– वैशाख २४ गते आमाको मुख हेर्ने दिन । आमा जो प्रत्येक मानिस र अन्य प्राणीहरुका लागि ममताले भरिएको नाम । आमा जसले हामी सबैलाई यो धर्तीमा जन्म दिएकी हुन्छिन् ।
उनै आमाको मुख हेर्ने पर्व,जसलाई हामी मातातिर्थ औंसीका रुपमा मनाइरहेका छौं । आमा भगवान हुन् अनि मायाकी खानी पनि उनैको वात्सल्य प्रेमबाट हामी सबैले पूर्ण जीवन पाएका हुन्छौ ।
वास्तवमा आमाको लागि एक दिन मात्र मुख हेरेजस्तो गर्ने र आमा दिवसमा फोटो प्रदर्शन गरे अरु ३६४ दिन आमाबाट छुटेर वास्ता नगर्ने मानिसहरु पनि यो समाजमा प्रसस्त पाइन्छन् ।
त्यसले हाम्रो सामाजिक संस्कार र मातृसम्मानमाथिनै आघात पुगेको देखिन्छ ।
त्यसैले आमा को हुन्, नेपाली आदर्श समाज र संस्कृतिले उच्चारण गरेका आमाप्रति दर्शाएका सम्मानभावका प्रसंगहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।
सबै मानिस र प्राणीका लागि आमालाई यसरी हेर्न सकिन्छ :
–आमा भगवान हुन्, पैसामा किन्ने कोसिस नगर
–आमा सहनशिलताकी प्रतिमूर्ति हुन्, गिज्याउने नगर
–आमा ईश्वर हुन्, दर्शन गर्न सिक
–आमा मायाकी खानी हुन्, मायाको अर्थ बुझ्न सिक
–आमा शिक्षाकी प्रथम गुरु हुन्, आर्जन गर्न सिक
–आमा सभ्यताकी कर्सा हुन्, सभ्यता सिक्ने गर
–आमा संसार हिडाउने गुरु हुन्, सभ्यताले हिड्न सिक
–आमा सृष्टिकर्ता हुन्, विवाहपछि दुश्मन नबन
–आमाको आँसु सबैभन्दा ठूलो पाप हो, चित्त कहिल्यै नदुखाउ
–आमा आदर्शकी प्रतिमूर्ति हुन्, आदर गर्न सिक
–आमा संसारकी श्रेष्ठ हुन्, आशिर्वाद थाप्न नचुक
–आमा संरक्षित स्थल हुन्, आश्रय लिन नभूल
–आमा कल्याणकी देवी हुन्, पूजा गर्न नभूल
–आमा कर्तव्यकी मुहान हुन्, नीति नियम सिक्न कन्जुस्याई नगर
–आमा सर्वगूणी हुन्, तीर्थ गर्न नभूल ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.