-->
करेन्ट लागेर मृत्यु
Advertisement

उर्लाबारी (मोरङ)। मोरङको डाँगीहाटमा आज बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।
डाँगीहाट–१ का ३३ वर्षीय प्रदीप तामाङको घरमै सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
बिहान ५ बजे करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बिहान ६ः३० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी नायब निरीक्षक प्रदीप पराजुलीले जानकारी दिनुभयो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.