-->
‘ठूला’ को डरले शौचालय जाँदैनन् दलित
Advertisement

‘बड्का भाइसाहब रिसाउँछन्, त्यसैले हामी त्यो चर्पीमा जान्नौँ’, वीरगन्ज २५ मनियरीस्थित दलित वस्तीकी तपियादेवी मुसहरले भनिन्, ‘बिहान बेलुका खेतमै शौच गछौं ।’
उपमहानगरपालिका २५ मनियारीको दलित बस्तीमा मुसहर र डोम जातिका करिब ४० घरधुरी रहेको आजको अन्नपूर्ण मा समाचार छ ।
आर्थिक रुपले विपन्न मुसहर र डोम जाति बस्ने दलित बस्तीका तीवटा घरधुरीमा मात्र शौचालय छ । बाँकी धुरीका दलित शौच गर्न बिहान बेलुका खेतमा धाउने गरेका छन् ।
जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले दलित बस्तीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाइदिएको छ ।
दलित बस्तीका मुसहर र डोमहरु दिसापिसाब गर्न शौचालय जादैनन् । उनीहरु दिसापिसाब लागे खेतबारीमा दौडन्छन् ।
दलित बस्तीछेउमै यादव जातिको बस्ती छ । यादव समुदायका हुनेखानेहरुको डरले दलितले शौचालय प्रयोग नगरेका हुन् ।
स्थानीय जनार्दन यादवले दलितहरुलाई तत्लो जातको भनेर शौचालय प्रयोग गर्न नदिएको चौकीराम चमारले बताए ।
यादवले शौचालयमा ताल्चा मारेर राख्ने र तत्तलो जातकाले खोल्न आँट नगर्दा उनीहरु खेतबारीमा दिपा गर्न जाने गरेका हुन् । दलित बस्तीका खेदु मुसहर भन्दछन्, ‘मालिक हरुको हुकुम चल्छ, उनीहरु रिसाउँछन्, त्यसैले शौचलाय जान डर लाग्छ ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.