-->
नेपाली सेनालाई भारतीय कम्पनीले फसायो, यतिसम्म गरेपछि…
Advertisement

काठमाडौं, २९ वैशाख । नेपाली सेनाले ग्लोबल टेन्डरबाट खरिद गर्न लागेको ६ लाख केजी बिस्फोटक पदार्थ तत्काल नआउने भएको छ ।
उक्त विस्फोटक पदार्थ भित्र्याउन लागि टनोट भएको भारतीय कम्पनीले पेश गरेको कागजात नै नक्कली भएपछि अहिले सेना अप्ठेरो स्थितिमा पुगेको छ ।
नेपाली सेनाले उक्त बिस्फोटक पदार्थ ल्याउनका लागि १९ नोभेम्बर २०१५ मा टेन्डर गरेकोमा ६ वटा अन्तर्राष्ट्रिय कम्पनीले टेन्डर विट गरेको भएता पनि नेपाली सेनाले भारतको पेरी नाइट्रेस प्रालि छनोट गरेको थियो ।
पछि सेनाले सो कम्पनीको कागजात नक्कली भएको फेला पारेको हो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.