-->
एमाओवादी छाडेको ६ महिनामै बाबुरामले गरे चमत्कार ! प्रचण्डलाई कडा जवाफ
Advertisement

काठमाडौं, ७ जेठ । गत असोज ३ गते संविधान घोषणा भइसकेपछि एकीकृत माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ६ महिनामै चमत्कार गरेका छन् ।
उनले तत्कालिन एमाओवादी (अहिलेको नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौति दिँदै नयाँ शक्ति नेपाल पार्टी बनाएर चमत्कार गरेका हुन् ।
उक्त पार्टीको घोषणा मिति शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर संयोजक बाबुरामले नै सार्वजनिक गरेका छन् । जसअनुसार आउँदो जेठ ३० गते राष्ट्रिय भेला गरेर नयाँ शक्ति नेपाल पार्टी घोषणा गरिनेछ ।
पार्टी छाडेको हप्ता दिनमै नयाँ शक्ति नेपाल अभियान सुरु गरेका बाबुरामले ६ महिनाको अवधिमा नयाँ शक्तिमा एक लाख जनतालाई सदस्य बनाएर पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।
६ महिनामै नयाँ शक्ति नेपाल पार्टीका लागि एक लाख सदस्य बनाएर बाबुरामले चमत्कार गरेका हुन् । यिनै एक लाख सदस्यको सहभागितामा जेठ ३० गते पार्टी घोषणा गर्ने जानकारी बाबुरामले शुक्रबारको पत्रकार सम्मेलनमा दिए । उनका अनुसार जेठ ३१ र ३२ गते पार्टीको बन्दसत्र चल्ने छ ।
नेपाललाई समृद्धि र विकासतर्फ लाने दृष्टिकोण लिएर पार्टी अघि बढ्ने भन्दै बाबुरामले राष्ट्रिय भेलाका लागि नयाँ शक्तिले १४ वटा उपसमिति गठन गरेको बताए ।
प्रचण्डलाई कडा जवाफ
यसैबीच नयाँ शक्ति नेपालका नेता बाबुराम भट्टराईले पार्टी एकताका प्रचण्डले लागि गरेको आह्वान भ्रमित पार्ने खालको मात्रै भएको बताए ।
शुक्रबारको पत्रकार सम्मेलनमा बाबुरामले १० माओवादी घटकबीच भएको एकताप्रति संकेत गर्दै यसले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने बताए ।
सुकेका ठुटाहरु कलमी गरेर रुख बनाउन नसकिए जस्तै, माओवादीबीचको एकताले भनिएको भ्रमले पनि देशको अहिलेको आवश्यकता पूरा गर्न नसक्ने उनको भनाई थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार एकतामा आउन गरेको आग्रहको जवाफमा उनले यस्तो बताएका हुन् । दैनिक नेपाल डट कमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.