-->
जनयुद्ध जारी छ भन्दै राजधानीमा विप्लव माओवादीको प्रर्दशन
Advertisement

काठमाडाैं । विप्लव नेतृत्वको माओवादीद्धारा शुक्रबार आयोजना गरिएको आमसभामा सहभागि हुन राजधानीका विभिन्न ठाउँबाट र्याली निश्किएको छ ।
काठमाडौँको कालिमाटीबाट किरात ,सेती९महाकाली,भेरी कर्णाली, तामासालिङ, गण्डक बाट आएका कार्यकर्ता तथा सर्वसाधारणको जुलुस खुला मञ्चतिर आइरहेका छन् ।
जुलुस बालाजु, महाराजगन्ज, चावहिल, कोटेश्वर, कुपण्डोल, कलंकी असनबाट जुलुस सुरु भएको छ । जुलुसमा जनयुद्धको झल्को दिने खालका जनयुद्ध जारी छ लगाएतका नारा घन्किएका छन् । जुलुसमा रातो टोपीसहित माओवादी नेता, कार्यकर्ता र सर्वसाधारण ठाउँठाउँमा जम्मा भइरहेका छन् ।
जेठ ७ गते आजैका दिन जनयुद्धका बेला तत्कालीन राज्यबाट विद्रोही नेकपा माओवादी नेता दण्डपाणि न्यौपाने, मिलन नेपाली,विपिन भण्डारी लगायत दर्जन बढी सामूहिक रुपमा नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी बेपत्ता पारिएका थिए । आज खुलामन्चमा हुने सभालाई नेकपा माओवादीका महासचिव विप्लव र क्रान्तिकारी माओवादीका अध्यक्ष किरण , न्युक्लियस नेपालका संयोजक हेमन्त प्रकाश ओली लगायतका नेताले संबोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।khabardabali.


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.