काठमाडौं – पार्टी एकता गर्ने विषयमा एकिकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओावादीका बीचमा १२ बुँदे समझदारी भएको छ ।
एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड ’ र नेकपा क्रान्तिकारी माओवादीका नेता बादलले राजनीतिक कार्यदिशाका बारेमा १२ बुँदे समझदारीमा हस्ताक्षर गर्नु भेदको हो ।
बुधबार एमाआवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको एमाओवादी स्थायी समितिको बैठकमा नेकपा क्रान्तिकारी माओवादीसँग भएको बैचारिक राजनीतिक विषयमा भएको १२ बुँदे सहमतिको बारेमा जानकारी गराइएको छ ।
बैठक स्रोतका अनुसार पार्टी एकतापछि राजनीतिक कार्यदिशा ‘पूजिवादी क्रान्तिलाई पूर्णता दिँदै समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने ’ तय भएको छ ।
एमाओवादीले पूजिवादी क्रान्तिको कार्यभार पुरा भइसकेको निष्कर्ष निकालेको थियो तर बादल समुहको माग अनुसार पूजिवादी क्रान्तिलाई निरन्तरता दिँदै भन्ने बनाइएको छ । र बाँकी महाधिवेशनमा गएर संश्लेषण गर्दै जाने उल्लेख गरिएको छ ।
संविधानमा भएको संघीयता, गणतन्त्र, समानुपातिक समावेशी र धर्मनिरपेक्षता लगायतका विषय माओवादी जनयुद्ध र जनआन्दोलनका उपलब्धि भन्दै त्यसको रक्षा र संस्थागत गर्दै अघि बढ्ने १२ बुँदेमा समझदारीमा उल्लेख गरिएको छ ।
तर, संसदीय व्यवस्था प्रतिक्रियावादीको भएको भन्दै यसविरुद्ध सरकार, सदन र सडकमा संघर्ष गर्दै जाने समझदारी भएको छ । संसदीय व्यवस्था मुलतः प्रतिक्रियावादीहरुकाे भएकाे भन्दै त्यसको उपयोग गर्दै अघि बढ्ने कार्यदिशा बनाइएको छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...