-->
नेपाल–पाकिस्तान सम्बन्ध विस्तारमा छलफल
Advertisement

काठमाडौँ, नेपाल र पाकिस्तानबीच आपसी सम्बन्ध विस्तारका विषयमा छलफल भएको छ ।
व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसँग नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले आज उहाँकै कार्यकक्ष सिंहदरबारमा भेटी आपसीहितका विषयमा छलफल गर्नुभयो ।
पाकिस्तान सहयोगमा नेपालमा सञ्चालित कार्यक्रमका बारेमा पनि उहाँहरुबीच छलफल भएको समिति सचिव शान्ता तुलाधरले राससलाई जानकारी दिनुभयो । सो अवसरमा दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ ढङ्गले अगाडि बढाउने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । रासस


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.