-->
ट्वाईलेट बसिरहेका बेला अचानक अजिङ्गरले लिंग टोकेपछी
Advertisement

एजेन्सी ।थाईल्याण्डमा एक युवक चर्पी गएका वेला तीन मिटर लामो अजिंगरले हमला गरेको छ । चर्पी गरिरहेका सो युवकको लिंगमा अजिंगरले दांत गाडेको थियो ।
जसका कारण ती युवक सख्त घाईते भएर अस्पताल भर्ना भएका छन् । थाईल्याण्डको राजधानी ब्यांककको चाचोएंगसाओ प्रान्तमा बस्दै आएका ३८ वर्षीय अट्टापोर्न बूनमैकचुए वुधवार विहान चर्पी बस्न जाँदा सबै सकुशल नै थियो ।
जव उनी प्यानसेटमा बसेर चर्पी गर्न थाले तव उनलाई अत्यन्त पिडा महसुस भयो र उनले प्यानमा हेर्दा त धेरै लामो अजिंगर देखे अनि उनको हंशले ठाउँ छोड्यो ।
बूनमैकचुएले ब्यांकक पोष्टलाई बताए अनुसार, “मलाई त्यतिवेला यस्तो लाग्यो कि मेरो लिंग शरीरबाट कसैले काटेर लग्दैछ
अजिङ्गरले यस्तो गरि मेरो लिंग तानिरहेको थियो। ”
त्यो पोष्टको अनुसार अजिंगरले युवालाई भुईंमा खसाउने कोशिस गर्यो तव उनले सहयोगको लागि आफ्नो पत्नीलाई गुहारे र छिमेकीहरुलाई गुहार मागे।
त्यसपछि त्यो युवाको श्रीमती र छिमेकीहरु आएर चर्पी फोडेर अट्टापोर्नलाई अजिंगरबाट बचाउन सफल भए। अजिंगर त्यस चर्पीमा स्वीपर पाईप हुँदै आएको बताईएको छ ।
त्यस लगत्तै अजिंगरलाई समातेर जंगलमा छोडिएको थियो । डाक्टरले बताए अनुसार अट्टापोर्नको स्वास्थ्यमा अहिले सुधार आउंदै छ ।नेपाल सन्देशबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.