-->
बिध्युतिय माध्यामबाट मनिशाको अन्त्यस्टी; बिमल आजै नवलपरासी जाने
Advertisement

जेष्ठ १४
आज बिमल घर्ती मगरकी बहिनीको पोस्ट मार्टम पश्चात बिध्युतिय मध्याम मार्फत पशुपतिमा अन्त्यस्टी गरिएको छ, रहस्यपूर्ण रुपले संसार छडेकी मनिशाको पोस्ट मार्टम गर्न हिजो बेलुकी काठमाडौं लेराइएको थियो ।
बेल्जियममा रहेका बिमल आज बिहानै बहिनीको अन्तिम सन्स्कार गर्नका लागि काठमाडौं आइपुगेका थिए । बिहान ९:३० मा विमास्थल ओर्ले चक्रपथस्थित आफन्तकी घरमा रहेकी आमालाई लिएर उनी टिचिड पुगेका हुन् । बिहनीको लास देखेपछि बिमल भक्कानिएर रोएका थिए । मनीषाको हत्याको आशंका गरिएकोले उनको शव पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो ।
अब बिमल घर्ती मगर आमालाई लिएर आफ्नो घर नवलपरासीको बर्धघाट जाने छन । मनिशाको अन्त्यस्टिमा एन्फा पदाधिकारी, खेलाडिहरु, नजिकका साथी र आफन्तहरु उपस्तित भएका थिए ।हाम्रोखेलकुद डट कमबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.