-->
कतारको लेबर भिसामा लक्की एचआर र अक्सफोर्डको विभागसँग मिलेमतो गरी ब्रह्मलुट चेलीका रकममा चल्तीफिर्ती
Advertisement

काठमाडौं, वैशाख । कुवेतका लागि केयरगिभरमा नेपाली महिलाका लागि वैधानिकता पाएको धेरै भएको छैन । सरकारले कुवेतका लागि पनि नेपाली महिला कामदार लैजान सक्ने वैधानिकता दिएको छ ।
वैधानिकता पाउनुअघि नै मोटो रकम लिन पल्केका म्यानपावर एजेन्टहरूका लागि वैधानिक बाटो पनि तगारो बन्न सकेन । बरु, झन् धेरै धनआर्जनको बाटो बनेको छ । सरकारले खाडीका ६ मुलुक र मलेसियामा नेपाली कामदार ‘फ्रि भिस,’ ‘फ्रि टिकट’मा पठाउने निर्णय गरे पनि म्यानपावर कम्पनीहरूले खाडी मुलुकका लागि २ लाखसम्म उठाइरहेका छन् ।
गरिब कामदारको रगत र पसिनामा होली खेल्न पल्केकाहरूले वैदेशिक रोजगार विभाग र म्यानपावर एजेन्सीको मिलेमतोमा कामदारलाई ठग्दै आएका छन् । सरकारी निर्णय असफल बन्दै गएपछि मानव तस्करहरूलाई कामदार ठग्न राम्रो माध्यम त्यही निर्णय बनेको छ । वैदेशिक रोजगार विभागमा दर्ता भयको लाइसेन्स नंबर १६४-०५६-०५७ सन एन्ड कम्पनीले कुवेतको हाउसमेडमा प्रति महिला दुई लाख रूपैयाँ असुल्दै आएको छ ।
सो म्यानपावर सञ्चालक विज्ञान प्रधानको निर्देशनमा एजेन्टहरूलाई जनही दुई लाख उठाउन निर्देशन दिइएको छ । सन एन्ड कम्पनीले एक लाख ६० हजार रूपैयाँ लिने र एजेन्टको कमिसन ४० हजार राखेको कम्पनीका मेनेजिङ डाइरेक्टर सुरेस केसीले एजेन्टहरूलाई निर्देशन दिएको स्रोतको दाबी छ ।
नेपाली चेलीको उठाएको पैसामा उनीहरूको राइँदाई हुने गरेको छ । ‘नियमविपरित रकम उठाउने काम भएको छ, उनीहरूकै चल्तीफिर्ती छ ।’ कुवेतको हस्पिटलमा नर्सको आवश्यकता भनी पूर्वश्रम स्वीकृति निकालेर नेपाली चेलीसँग रकम उठाउने गरेका छन् । एमडी सुरेश केसी.ले सिधै दुई लाख उठाउन भन्छन भने सञ्चालक विज्ञान प्रधानले अफिसको लागि एक लाख दस हजार देखि एक लाख ६० हजार रूपैयाँ लाग्ने बताउने गरेको स्रोतको दाबी छ ।
वैदेशिक रोजगार विभागको मिलेमतोमा घुस खुवाएर पूर्व अन्तिम स्वीकृति निकाली नेपाली चेलीहरूलाई घरको काममा पठाउन लाग्दा सम्बन्धित निकाय बेखवर छन् । काठमाडौंको धुम्बराहीमा रहेको सन एण्ड कम्पनीका सञ्चालक प्रधानले यस्तैबाट लाखौं कुम्ल्याइसकेका छन् । प्रधानसँग अहिले मोर्डन राइसमिल, कार्पेन्ट्री टेक्निकल ट्रेडिङ सेन्टर, अब्रोड टे«निङ ईनिस्टिच्यूट र मनकामना मनी एक्सप्रेस कम्पनी रहेको छ ।
उनीहरूले सिधै पासपोर्ट लिँदैनन्, एजेन्टमार्फत आउनेहरूको मात्रै पासपोर्ट र रकम लिने गरेको रोजगारीमा जान लागेका महिलाहरूले उल्लेख गरेका छन् । जावलाखेलमा रहेको लक्कीएचआर र अक्सफोर्ड म्यानपावर कम्पनीले कतारमा लेबर कोटामा जाने सर्वसाधारण नेपालीसँग जनही एक लाख वा त्यो भन्दा बढी शुल्क लिने गरेको छ ।
पैसा भएपछि सरकारी निकायलाई पनि आफ्नो पक्कडमा पारेको सो म्यानपावरले उक्त शुल्क लिएको विभिन्न निकायमा उजुरी पर्ने गरेपनि पैसा पेलाएरै शक्तिकेन्द्रलाई रिझाएका छ । सो म्यानवपावरबाट विदेश जान चाहने नेपालीलाई एजेन्ट मार्फत नआए पासपोर्ट र पैसा लिन अस्वीकार गर्ने गरेका छन् । एजेन्ट मार्फत आउँदा एजेन्टले भने वमोजिमकै रकम बुझाएर भएपनि वैदेशिक रोजगारीमा जान नागरिक बाध्य भएको जनप्रहार साप्ताहिकमा समाचार छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.