-->
पहिलो पटक नेपाल आउँदैछु, एकदमै उत्साहित छु: सोनाक्षीं
Advertisement

बैशाख २१
नेपालको सैनिक श्रीमती संघले भूकम्पबाट पीडितहरूको सहयोगार्थ गर्न लागेको 'अमरपंक्षी'नामक कन्सर्टका लागि नेपाल आउन लागेकी बलिउडकी चर्चित अभिनेत्री सोनाक्षीं सिन्हाले आफू पहिलो पटक नेपाल आउन लागेको आफू उत्साहित भएको बताएकी छन्।
जेष्ठ १ गते सैनिक मञ्चमा हुने कार्यक्रमको लागि तयार पारिएको प्रचारभिडियोमा सोनाक्षीं सो कुरा बताएकी हुन्। सो कार्यक्रममा बलिउडबाट उनलाई साथ दिन बलिउडमा आइटम नम्बरमा ख्याती बटुलेकी मलाइका अरोरा पनि नेपाल आउँदैछिन्।
सो कार्यक्रममा सोनाक्षींसँगै नेपालका चर्चित नायिकाहरूले पनि आफ्नो नृत्य पस्कने छन्। कार्यक्रममा रेखा थापा , प्रियंका कार्की , केकी अधिकारी , निशा अधिकारी , ऋचा शर्मा , सुष्मा कार्कीसंगै गायिका इन्दिरा जोशीले पनि आ-आफ्नो प्रस्तुति दिनेछन्।
यस अघि श्रीमती संघले मोहित चौहानको एकल सांगीतिक कन्सर्ट गरिसकेको छ। कार्यक्रममा झन्डै ६० हजार दर्शकहरू सहभागिता जनाउने अपेक्षा गरिएको छ।- Setopa


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.