जेठ २
पूर्वी चीनको चच्याङ प्रान्तको हाङचाउ क्षेत्रका युवा युवतीहरुले नग्न भएर विवाह गरेका छन । सो विवाह समारोहमा सन् १९९० भन्दापछि जन्मिएका जोडी मात्रै सहभागी थिए ।
उनीहरुसँग न गाडी थियो, न घर, न बाजा, न भोज भतेर, न बेहुला बेहुलीको साजसज्जा, न लुगा कपडा, थियो त जम्मा एउटा शरीर । शरीर ढाक्न उनीहरुले फूल र हरियो झारपातको सहारा लिएका थिए । लभर टनेलु मा उपस्थित भएर उनीहरुले एक अर्कालाई किस गर्दै जुनी–जुनी साथ दिने बाचा, कसम खाए । यो देख्ने स्थानीयले पनि निक्कै अचम्म माने । उनीहरुले यसरी नाङ्गै भएर विवाह गर्नुको कारण भने निक्कै ठूलो रहेछ ।
अहिलेको समयमा पैसाको महत्व बढ्दै गएको । मान्छेले मान्छेलाई भन्दा भौतिक सम्पत्ति र सुख सुविधालाई प्रेम गर्न थालेको भन्दै यसको कटाक्ष स्वरुप यस्तो विवाह गरेका हुन् । उनीहरुले मसँग गाडी छैन, घर छैन, सम्पत्ति छैन, बाजागाजा छैन, भोज भतेर छैन, धुमधाम छैन छ त सिर्फ यो शरीर तैपनि म तिमीलाई जुनीभरी माया गरिरहन्छु भन्दै एक अर्कालाई किस र अङ्कमाल गर्दै विवाह गरेका थिए ।
उनीहरुले धन, सम्पत्तिलाई होइन मान्छेलाई माया गर्नु पर्ने सन्देश दिन यस्तो प्रकारको विवाह गरेको बताएका थिए । यो विवाह अप्रिल २४, २०१६ का दिन सम्पन्न भएको थियो ।-नेपालजापान डट कम


0 comments
प्रतिक्रिया दिनुहोस्...