-->
सिटौलाको बेग्लै चाल
Advertisement

वैशाख २२
काठमाडौं–नेपाली कांग्रेसका सर्वाधिक कुटिल र जटिल मानिएका कृष्ण प्रसाद सिटौलाले आफ्नो हैसियत जोगाउन फेरी चलखेल सुरु गर्नुभएको छ ।
खड्ग प्रसाद ओली नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागि गराउन विगत आठ महिनादेखि नै विभिन्न प्रकारले कसरत गर्दै आउनुभएका सिटौलाले तत्काल ओली नेतृत्वको सरकारमा कांग्रेस सहभागि भइदिने र ६ महिनापछि कांग्रेसका लागि ओलीले छोडिदिनुपर्ने गरी ‘कुरा मिलाउन’ प्रयास गर्नुभएको थियो ।
तर, सिटौलाको प्रयास सफल हुन सकेन । कांग्रेस–एमाओवादी मिलेर ओली नेतृत्वको सरकार विस्थापित गर्न कसरत भइरहेको सुइँको पाउनेबित्तिकै कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटी ‘प्रचण्डसँग डिल गर्न तपाईंहरु सक्नुहुन्न’ भन्दै त्यसको जिम्मेवारी आफूलाई दिन सिटौलाले आग्रह गर्नुभएको थियो ।
त्यसरी देउवासँग प्रचण्डलाई बुझन् र ठिक ढंगले ‘डिल गर्न’ आफूले मात्र सक्ने दावी गर्नुभएका सिटौलाले प्रचण्डलाई भेटेर चाहिँ ‘इण्डियाको भर–विश्वासमा पर्नुहुँदेन’ भनी सचेत गराउने प्रयत्न गर्नुभएको बुझिएको छ । सिटौलाको भूमिकाबारे थाहा पाएका नेताहरु आपसी छलफलका क्रममा यस विषयलाई लिएर हाँस्ने गरेको बताइएको छ ।
-Ratopati


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.