-->
सिरियाको शरणार्थी शिविरमा हवाइ आक्रमण, २८ जनाको मृत्यु
Advertisement

वैशाख, २४ – बिहीबार राति शिरियाको एक शरणार्थी शिविरमा भएको हवाइ आक्रमणमा परि कम्तीमा २८ जनाको ज्यान गएको छ ।
टर्किस बोर्डर नजिक रहेको कामुना शरणर्थी क्यामपमा हवाई आक्रमण भएको हो । यो आक्रमण रसियन वा सिरियन लडाकु विमानले गराएको हुनसक्ने आशंका गरिएको छ ।
तर यो पुष्टि भने भएको छैन । रुस र अमेरिकाको दबाबमा सिरियाली सेना र विद्रोही संगठनले अस्थाई रुपमा युद्ध विराम गरेका थिए । सिरियामा गएको फ्रेबुअरी महिनादेखि युद्धविराम लागु भएको थियो । तर केही दिनदेखि युद्ध बढ्दै गएको छ ।
संयुक्त राष्ट्रसंघले यस किसिमको हिंसा नरोक्निे हो भने टर्कीतर्फ चार लाख शरणर्थी भाग्ने जनाएको छ । अहिले आक्रमण भएको कामुना शरणार्थी क्याम्प टर्कीको सीमानाबाट बढीमा १० किलोमिटर र घटीमा चार किलोमिटर मात्र टाढा भएकाले पनि भाग्न उनीहरुलाई सहज हुने बताइको छ ।
– एजेन्सीको सहयोगमा


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.